२ अर्ब लगानी भएको भक्तपुरको कृषि थोकबजार सञ्चालनमा

Wednesday, March 30th, 2022 |

 

भक्तपुर १६ चैत्र

भक्तपुरमा २ अर्ब लगानीको हरित कृषि थोक बजार सञ्चालनमा आएको छ । झण्डै ५० रोपनी क्षेत्रफलमा फैलिएको उक्त बजार अहिलेसम्म कै नेपालको ठूलो हो ।

व्यवसायी दुर्गा प्रसाईँले लगानी गर्नुभएको यो बजार,सूर्यविनायक र जगातीबीचको अरनिको राजमार्गसँगै जोडिएको छ । बजारमा दुई हजार २०० कक्ष रहेका छन् । चार हजार ४०० जनालाई रोजगारी दिने तथा स्थानीय किसानको तरकारी उचित मूल्यमा खरिद गरी उपभोक्तालाई सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले बजार स्थापना गरिएको सञ्चालक प्रसाईँले बताउनुभयो ।

“किसानलाई उचित मूल्य दिन तथा विचौलियाले ५० प्रतिशतसम्म नाफा खाने अवस्थाको अन्त्य गर्न तरकारी बजार सञ्चालन गरिएको हो”, उहाँले भन्नुभयो । तरकारी बजार स्थापनाबाट १० हजारभन्दा बढी किसानलाई फाइदा पुग्ने उहाँको दाबी छ । स्रोत ःरासस

VIEWS: 52