पाँचौँ शलोम कृषि यान्त्रीकरण मेला आजबाट सुरु

Wednesday, March 23rd, 2022 |

 

चितवन ९ चैत्र

पाँचौँ कृषि यान्त्रीकरण मेला आजबाट चितवनमा शुरु भएको छ । २ वर्ष सम्म कोरोना महामारीको कारण रोकिएको कृषि यान्त्रीकरण सँग सम्बन्धित राष्ट्रिय स्तरमा हुदै आएको पर्दशनी यो वर्ष चितवनमा आज बाट १३ गते सम्म सञ्चालन हुनेछ ।
प्रर्दशनीमा नेपाली कृषि क्षेत्रमा प्रयोगहदैआएको र हुन सक्ने सबैप्रकारका यन्त्र उपकरणहरु राखिएको छ । यसका साथै यो वर्ष नेपालमा नै उत्पादन भएका कृषि यन्त्र उपकरणका लागि मेड इन नेपाल पेभिलिएन पनि राखिएको छ ।
कार्यक्रमको उद्घाटन सत्रलाई संबोधन गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.गोविन्द प्रसाद शर्माले कृषि क्षेत्रको आधुनिकीकरणमा तीनै तहका सरकार लाग्नुपर्ने धारणा व्यक्त गरे ।

प्रत्येक वर्ष खाद्यान्न आयातमा देखिएको वृद्धि चिन्ताजनक भएको र यसलाई रोक्न आधुनिक कृषि यन्त्र उपकरणको प्रायोग गरी युवाहरूलाई आकर्षण गर्न जरुरी भएको शर्माले बताए । कृषिलाई नाफामुखी बनाउन सकिन्छ भन्ने विश्वास युवाहरुमा जगाउन आवश्यक भएको उनको धारणा थियो
कार्यक्रममा नेपालस्थित इजरायली राजदूत हनान गोदार, कृषि विकास निर्देशनलालका महानिर्देशक रेवतीरमण पौडेल, बैंकर्स सङ्घका अध्यक्ष तथा कृषि बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्याय, नविल बैङ्कका प्रमुख कार्यकारी प्रमुख अनिल केशरी शाह लगायतले कार्यक्रमका संबोधन गरेका थिए ।

कार्यक्रमलाई संबोधन गर्ने क्रममा कृषि विकास निर्देशनलालका महानिर्देशक रेवतीरमण पौडेलले आयातित यन्त्र उपकरण भन्दा अब नेपाली बाटो सुहाउदो यन्त्र उपकरण नेपालमा नै उत्पादन गर्न तर्फ उद्योगीहरु सचेत हुनुपर्ने उनको भनाइ छ ।
कसैले नेपालमै यन्त्र उपकरणमा उद्योग खोल्न चाहन्छ भने निर्देशनालय त्यसलाई सहयोग गर्न तयार भएको पनि उनको आश्वासन थियो ।

VIEWS: 243