कावासोती नगरपालिकाले किसान सूचीकरण गर्दै

Thursday, January 6th, 2022 |

 

नवलपरासी २२ पौष

नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको कावासोती नगरपालिकाले किसान सूचीकरण गर्न सुरु गरेको छ ।

सरकारले जारी गरेको किसान सूचीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि २०७७ अनुसार विभिन्न पेशामा आबद्ध रहेका किसानको पहिचान गर्नका लागि किसान सूचीकरण सुरु गरिएको हो ।

कृषि तथा पशुपक्षी विकास शाखाका प्रमुख डा टेकराज पौडेलले नगरपालिकाभित्र रही कृषि, पशुपक्षी तथा मत्स्य व्यवसायमा आबद्ध किसानको लगत सङ्कलनका लागि किसान सूचीकरण कार्यक्रम थालनी गरिएको जानकारी दिए ।

यसका लागि कावासोती नगरपालिकाले पहिलो चरणमा वडा नं ५ र १७ मा सहजकर्ता खटाएको समेत उनले बताए ।

सहजकर्ता नखटिएका क्षेत्रका किसानले आवश्यक कागजातसहित नगरपालिकाको कृषि तथा पशुपक्षी विकास शाखामा उपस्थित भएर किसान सूचीकरणको फाराम भर्न सकिने जनाइएको छ ।

यसैगरी किसान सूचीकरण व्यवस्थापन प्रणालीको वेबसाइट ाबचmभच।mयबमि।नयख।लउ मा गई आफ्नो विवरण प्रविष्ट गर्न सकिने समेत शाखा प्रमुख पौडेलले जानकारी दिए ।

किसान सूचीकरणका लागि आफ्नै व्यक्तिगत सम्पर्क नम्बर, नागरिकताको प्रतिलिपि, जग्गा पुर्जाको प्रतिलिपि र पासपोर्ट साइजको एकप्रति फोटो आवश्यक पर्ने छ ।

किसान सूचीकरणसँगै वर्गीकरण गरिने छ । सूचीकरण र वर्गीकरणपश्चात नगरपालिकाबाट किसानका लागि प्रदान गर्ने सुविधि पारदर्शी र व्यवस्थित बनाउन सहयोग पुग्ने शाखा प्रमुख पौडेलले बताए ।

नगरसहित प्रदेश र सङ्घीयरूपमा समेत यही तथ्याङ्क प्रयोग हुने भएकाले ती क्षेत्रबाट प्राप्त गर्ने अनुदानसहित अन्य सुविधा प्रदान गर्ने क्रममा व्यवस्थित बनाउन किसान सूचीकरणले सहयोग पु¥याउने उनले बताए ।

“किसान सूचीकरणपछि यही तथ्याङ्क तीनै तहका सुविधा प्रदान गर्न प्रयोग हुन्छ, यसले प्रदान गरिने अनुदार र अन्य सुविधालाई पारदर्शी र थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास छ”, शाखा प्रमुख डा पौडेलले भने ।

सरकारले किसानलाई पेन्सनको कुरासमेत उठाउने गरेको छ । अहिले गरिएको सूचीकरणले सो कार्यक्रमका लागि समेत सहयोग पुग्ने उनले बताए ।

कावासोती नगरपालिकामा हाल दुईवटा वडालाई प्राथमिकता दिएर सहजकर्ता खटाइएको भए पनि क्रमशः नगरपालिकाभित्रका सबै वडाबाट कोही पनि किसान सूचीकरणमा नछुट्ने गरी कार्य गरिने उनले जानकारी दिए ।

नगरपालिकाले किसानलाई प्राथमिकताका साथ सूचीकरण गराउनसमेत अनुरोध गरेको छ ।

बुख्याचाले बाली जोगाउँदै स्

खेतभरि पहेँलपुर भएर तोरी फुलेको छ । बारीमा तरकारी उस्तै लहलह भएका छन् । खेतबारीमा बीच भागमा मान्छेजस्तै देखिने आकृति छन् । टाउको, हात, खुट्टा छन्, बाहिरबाट कपडा लगाएको मानव आकृति छन् ।

झट्ट हेर्दा मानिस नै हो कि भन्नेजस्ता देखिने बुख्याँचा ९बालीनाली लगाएका खेतबारीका बीचमा राखिने मानिसका आकारको तर्साउने वस्तु० चुपचाप बाली जोगाउन लहरै उभिएका छन् ।

यो दृश्य हो कावासोती नगरपालिका–७ साँढको । जहाँ यत्रतत्र बारीमा चुपचाप बसेका बुख्याँचाले वन्यजन्तुबाट बाली जोगाउने गरेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा वनबाट आउने वन्यजन्तुले बालीनाली खाएर सखाप पारेपछि यहाँका स्थानीयवासीले बाली जोगाउ खेतबारीमा बुख्याँचा राख्ने गरेका छन् ।

रातिका समयमा वनबाट आउने गैँडा, मृग, हरिण, बँदेललगायतका वन्यजन्तुले बालीनाली खाएर सखाप पारेपछि बाली जोगाउनकै लागि बारीमा कपडा लगाएर मान्छेजस्तो आकृति राख्नुपरेको कावासोतीका स्थानीयवासी पे्रमनाथ महतोले जानकारी दिए ।

“दिउँसो त केही हुन्न, रात परेपछि सबै वन्यजन्तु बारीबारी चहार्छन्, लगाएको बाली जोगाउनै मुस्किल छ, रातिमा कति नै कुर्न सकिन्छ र, त्यसैले यस्तो मान्छेजस्तो बनाएर राखेका छौँ’ उनले भने, “राति वन्यजन्तुले मान्छे रहेछ भनेर आउँदैन भन्ने नै हो ।” यसरी बारीमा बुख्याँचा राख्दा बालीमा कम क्षति हुने गरेको उनले बताए ।

नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० नवलपुरको कावासोतीसँगै ,गैंडाकोट, देवचुली, मध्यविन्दु, विनयी त्रिवेणीको मध्यवर्ती क्षेत्रसँग जोडिएका बस्तीमा वन्यजन्तुले बालीनाली खाएर क्षति पु¥याउने गरेको छ ।

बालीनाली खाएर सखाप पार्ने भएपछि बाली जोगाउनकै लागि खेतबारीमा किसानले बुख्याचा राख्ने गरेका हुन् । “अन्य उपाय केही छैन्, खेती नगरौँ पनि भएन ,तर जोगाउनै मुस्किल छ” स्थानीयवासी देवेन्द्र गुरुङले भने “सबैले यसरी मान्छे बनाएर राख्दा वन्यजन्तु आँउदैन भने ,केही वर्ष देखी मैले पनि यसरी राख्ने गरेको छु ।”

मध्यवर्ती क्षेत्रसँग जोडिएका बासिन्दालाई वन्यजन्तुले धेरै सताउने गरेको कावासोती नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष नन्दकुमार गुरौले बताए ।

“यहाँका किसानलाई मुख्य चुनौतीनै बालिनाली वन्यजन्तुसँग जोगाउनु रहेको छ ” उनले भने । मध्यवर्ती क्षेत्र नजिकका बासिन्दालाई जिउज्यान देखि बाली जोगाउने सधैँको चिन्ता हुने गरेको वडाध्यक्ष गुरौको भनाइ छ ।

पछिल्लो समय बन्यजन्तुबाट हुने मानवीय तथा बालीनालीमा हुने क्षति रोक्न वन कार्यालय र केही स्थानीय तहले वन सिमानामा पर्खाल सहितको मेस जाली लगाउने कार्य गर्दै आएका छन् ।

जिल्लाको कावासोती नगरपालिकाले मात्रै आफ्नो नगरपालिका भित्र वन क्षेत्रसँग जोडिने वडाहरुमा करिब १९ किलोमिटर लम्बाइको पर्खाल बनाउने काम गरिरहेको छ ।

नगरपालिकाबाट यस योजनालाई मुख्य प्राथमिकता दिएर पर्खाल बनाउने काम वर्षेनी गर्दै आएको र यस वर्ष सम्पन्न गर्ने योजना रहेको कावसोती नगर उप प्रमुख पे्रम शंकर मर्दनिया थारुले बताए ।

विभिन्न समयमा लगाउने बाली वन्यजन्तुले खाएर सखाप पार्न थालेपछि यस क्षेत्रका कतिपय किसान माछा पालन गर्न तर्फ लागेका छन् ।

वन नजिकका क्षेत्रमा अन्य बाली लगाएर जोगाउनै मुस्किल भएपछि विकल्पमा माछा पालनमा लाग्न थालेका हुन् ।

वन्यजन्तुले पनि नखाने र आम्दानी समेत हुने भएपछि वन क्षेत्रसँग जोडिएका कतिपय किसानले अन्यबाली लगाउन थालेका जनाइएको छ । स्रोत ः रासस

VIEWS: 197