भारतबाट अवैध च्याउ आयात रोक्न च्याउ संघको माग

Thursday, January 27th, 2022 |

काठमाडौँ १३ माघ

भारतबाट अवैध रूपमा च्याऊ आयात भइ नेपाली च्याऊले राम्रो बजार नपाएको भन्दै च्याऊ उत्पादक संघले यसालाई रोक्न सरकारसँग माग गरेको छ । संघले पछिल्लो दिनमा भारत लगाएत विभिन्न देशका बजारहरूवाट नेपालमा लामो समयको सम्म नसढ्ने क्यामिकलहरू प्रयोग गरी विषादीयुक्त च्याउ अवैधरुपमा नेपाली बजारमा आइरहेको भन्दै भन्सारमा कडा निगरानी र नियन्त्रणका लागि सरकारसँग माग गरेको हो ।

संघका केन्द्रीय अध्यक्ष सन्तोष कार्कीले एक विज्ञप्ति जारी गर्दे कोभिड(१९ का विचमा नेपाली च्याउलाई विस्तापित गर्ने हेतुले आयात भैरहेको भारतीय अवैध च्याऊ आयात बन्द गर्न माग गरेको छ। भारतीय च्याऊ लामो समय सम्म टिकाउन ढुवानी गर्दा उत्पादित वस्तु जोगाउन गार्हो हुने हुनाले केमिकल प्रयोग हुने संघले दावी गरेको छ । दैनिक उपभोग्य सुपरफुड विषाक्त भै सेवन योग्य नहुने हुनाले विदेशी च्याऊ रोक्न विज्ञप्ति मार्फत सरोकारवाला सवैलाई ध्यानाकर्षण गराउँदै सरकारसँग संघले जोडदार माग गरेको छ ।

संघले हाल नेपाली गोलो च्याउको समर्थन मूल्य प्रतिकेजी ३ सय रहेको भन्दै त्यसको आधारमा भारतीय च्याउलाई भन्सार मूल्य तय हुनुपर्नेमा हाल न्युन मुल्य राखि नेपालमा आयात भैरहेको भन्दै विरोध गरेको छ । न्यून भन्सार मूल्य राख्दा नेपालमा उत्पादित च्याऊले प्रतिस्पर्धा गर्न नसक्ने भन्दै उचित भन्सारदर कायम हुनुपर्ने माग गरेको छ । नेपालको कृषि क्षेत्रलाई पहिलो प्रथामिकतामा राखेर अन्य देशबाट आयात हुने च्याऊलाई रोक लगाउन संघले सरकारसँग माग गरेको हो .

 

VIEWS: 222