बर्षाले क्षति पुगेका किसानलाई राहत वितरण गर्न सरकारको परिपत्र

Monday, December 6th, 2021 |

 

काठमाडौ २० मङसिर

बेमौसमी वर्षाका कारण क्षति व्योहोरका धान किसानलाई राहत वितरणमा सहजीकरण गर्न स्थानीय तहलाई सरकारले परिपत्र गरेको छ ।

राहत वितरण गर्न तयार भएको मापदण्डअनुसार सहजीकरण र समन्वय गर्न संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७५३ पालिकालाई आइतबार परिपत्र गरेको हो

धानबालीमा क्षति भोगेका किसानलाई सरकारले बैंक खातामै क्षतिअनुसारको नगद राहत उपलब्ध गराउने गरी राहत वितरण सम्बन्धि मापदण्ड मंसिर २ गते मन्त्रिपरिषद्धबाट जारी गरेको थियो ।

कृषि मन्त्रालयका अनुसार १० कट्ठासम्म खेत भएका किसानले प्रतिकट्ठा एक हजार ९२१ रुपैयाँ,४० कट्ठा खेत भएका किसानले प्रतिकट्ठा ८८७ रुपैयाँका दरले राहत पाउँछन् ।

यस्तै दुई बिघाभन्दा बढी खेत भएका ठूला किसानले प्रतिकट्ठा ५९१ रुपैयाँ, आंशिक क्षति भोगेका सबै किसानले प्रतिकट्ठा ५९१ रुपैयाँका दरले राहत पाउने छन् ।

कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत किसानको खातामा सीधै राहत पठाउने सरकारी मापदण्डमा उल्लेख छ । कृषि मन्त्रालय सरकारले सङ्कलन गरेको विवरणअनुसार ११ अर्ब ८७ करोड ५१ लाख ६० हजार रुपैयाँ बराबरको धानबाली नष्ट पाईएको थियो ।

सरकारले पाँच अर्ब ५२ करोड रुपैयाँ किसानलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । स्रोत ः अनलाइन खबर

VIEWS: 199