मेड इन नेपाल पेभिलियन सहित पाँचौ कृषि यान्त्रीकरण प्रर्दशनी माघ ५ बाट हुँदै

Wednesday, December 29th, 2021 |

 

 

 

काठमाडौँ १३ पौष

मेड इन नेपालको कृषि यन्त्र उपकरणको पेभिलियन सहित पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रर्दशनी चितवनको भरतपुरमा माघ ५ बाट ८ सम्म हुने भएको छ । नेपाल कृषि मेशिनरी व्यवसायी संघको मुख्य आयोजनामा हुन लागिरहेको मेलाले नेपालको कृषि तथा पशुपालनको क्षेत्रलाई यान्त्रीकरण, औद्योगीकरण, आधुनिकीकरण एवं व्यवसायीकरण गर्न टेवा पु¥याउने आयोजक संस्थाको भनाइ छ । एक लाखभन्दा बढी अवलोकनकर्ताको अपेक्षा गर्न लागिएको यस प्रदर्शनीमा अवलोकनमा जाने कृषकहरुलाई लक्षित गरी पशुपालन, कुखुरापालन, नगदेवाली, सिँचाई, डेरी सञ्चालन मात्र नभई कृषिका नविनतम औजार, उपकरणबारे प्रदर्शनीस्थलमै विस्तृत जानकारी दिने तयारी गरेको नामियाका अध्यक्ष खोजराज कटुवालले जानकारी दिए ।

राजधानीमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गदै संघका महासचिव कृष्ण शर्माले एक सय पचास स्टल रहने मेलामा दुई हजार भन्दा बढी कृषि औजार तथा उपकरण अवबलोकन गर्न सकिने जानकारी दिए । नेपालको कृषि यान्त्रीकरणमा टेवा पु¥याउने उदेश्यले वि.सं.२०७१ सालमा नेपाल कृषि यान्त्रीकरण व्यवसायी संघको स्थापना भएको हो । विगत २ वर्ष देखी कोरोना संक्रमणका कारण मेला आयोजना गर्न समस्या भएकोमा यस वर्ष भने मेलाको आयोजना गर्न लागिएको छ ।

VIEWS: 245