खजुराको कृषि विकास फार्मले थाल्यो दाना उत्पादन

Sunday, August 8th, 2021 |

 

बाँके २४ साउन

बाँकेको खजुरास्थित कुखुरा विकास फार्मले आफैँ दाना उत्पादन उद्योग स्थापना गरेर दानाको उत्पादन शुरु गरेको छ ।

कुखुरा, बाख्रा र गाईभैँसीलाई आवश्यक पर्ने दाना उत्पादन गर्ने उद्देश्यले स्थापित सो उद्योगको भवन निर्माण गर्नाका साथै आवश्यक उपकरण पनि जडान गरिएको छ ।

सो कार्यका लागि हालसम्म रू। एक करोड दुई लाख लगानी भइसकेको फार्मका प्रबन्धक डा शंकर न्यौपानेले जानकारी दिए । उनका अनुसार भवनका लागि रू। ३८ लाख र जेनेटरसहित अन्य उपकरणका लागि रू। ६४ लाख जति खर्च भएकोे छ ।

उद्योगबाट प्रतिघण्टा ६ टन दाना उत्पादन गर्न सकिने छ । उत्पादित दाना फर्ममा रहेका कुखुरालाई खुवाउन र सरकारी फार्मअन्तगर्तका अन्य फार्मलाई उपलब्ध गराउन र चल्ला तथा कुखुरा खरीद गरेर लैजाने किसानलाई सहुलियत दरमा विक्री गरिने उनले बताए ।

उत्पादित दाना बजार मूल्यभन्दा प्रतिकिलो १० रुपैयाँ सस्तोमा किसानलाई विक्री गर्ने लक्ष्य रहेको फार्मले जानकारी दिएको छ । सरकारी फार्ममै दानाको उत्पादन हुन लागेकामा ग्रामीण भेगका किसान हर्षित छन् ।
स्रोत ः रासस

VIEWS: 496