बेथे साग खानुको चमत्कारिक फाइदा

Tuesday, August 31st, 2021 |

 

काठमाडौ १५ भाद्र

सागसब्जीमा बेथेको एक छुट्टै प्रकारको स्थान छ । संसारका मानिसले यसको उपयोग तरकारी र खानाका रुपमा स्वास्थ्य लाभका रुपमा गर्छन् । यो अनेकौ औषधीय गुणहरुले भरिएको हुन्छ ।

बेथे एक प्रकारको तरकारी दुई किसिमका हुन्छ, एक सामान्य हरियो पात भएको र अर्को रातो पात भएको हुन्छ । यसले खोकी लाग्ने समस्या र पित्तको नाश गर्छ जसले रक्त विकार टाढा हुन्छ । पेट र कब्जियतका लागि बेथे सागको तरकारी एकदमै उत्तम मानिन्छ । बेथेको तरकारी नियमित सेवन गरेमा बाथ युरिक एसिड रक्त र त्वचा विकार टाढा हुन्छ ।

सबैभन्दा ठूलो गुण भनेको शरीरमा भएक सबै प्रकारका विषहरुको निवारण गर्नु हो । यसकारण यसलाई विषदन नाम दिइएको छ । यसको डाँठ र पातमा पौष्टिक तत्वहरुको प्रचुर मात्रा पाइन्छ । पेट र कब्जियतका लागि चौलाई एकदमै उत्तम मानिन्छ । बेथेमा कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम र भिटामिन ए, मिनिरल्स र आइरन प्रचुर मात्रामा पाइन्छ । यसमा सोना धातु पनि पाइन्छ जो कुनै अन्य सागसब्जीमा पाइँदैन ।

औषधिका रुपमा बेथेका पञ्चाङ्ग अर्थात पाँच अंग ९जरा, डाठ, पात, फल र फूल०लाई प्रयोग गरिन्छ । यसको डाठ र पातमा प्रोटीन, खनिज, भिटामिन ए, सी प्रचुर मात्रामा हुन्छ । भनिन्छ कुनै प्रकारको पनि छाला रोग यसको पात पिसेर २१ दिनसम्म लेप लगाउँदा ठिक हुन्छ । शरीरमा यदि कतै पनि रगत बगिरहेको छ र रोकिएको छैन् भने रातो पात भएको बेथेको जरालाई पानीमा पिसेर पिएमा रगत बग्न रोकिन्छ ।

एकपटक पिउँदा रोकिएन भने १२ घण्टापछि दोस्रोपटक पिउनुपर्छ । पाठेघर होस् वा मलद्वारबाट रगत बग्नु र रुघा लागेर सिगान बग्ने समस्याका लागि यो उपयोगी हुन्छ । गर्भवतीबाट रगत बग्दा तुरुन्तै जरालाई पानीमा पिसेको रस पिएमा झर्न लागेको गर्भ रोकिन्छ । जसलाई गर्भ खस्ने समस्या छ ती महिलाहरुले मासिक धर्म ९रजस्वला०को समयमा हरेक जरालाई पानीमा पिसेर चामलको पानीसँग पिउँदा ठिक हुन्छ ।

सुजनलाई कम गर्छः ऐमरैन्थ अर्थात बेथेको तेल र पेप्टाइडमा एन्टी इफ्लेमेन्टरी गुण हुन्छ जसले दुःखाई र सुजन कम गर्नमा मद्दत गर्छ । यो पुरानो स्थितिका लागि एकदमै महत्वपूर्ण हुन्छ जहाँ सुजनले स्वास्थ्यलाई प्रभावित गरिरहेको हुन्छ । पिलो र डण्डिफोर स् पिलो र डण्डिफोरमा बेथेका पातहरुको पुल्टिस बनाएर लगाउँदा चाँडै पाकेर फुट्छ । सुजन भएमा त्यो ठाउँमा यसको लेप लगाउँदा सुजन टाढा हुन्छ ।

तौल घटाउन मद्दत गर्छः प्रोटिन रक्तमा इन्सुलिनको स्तर कम गरेर हार्मोन बढाएर भोकलाई दबाउँछ जसकारण भोकको महसुस कम हुन्छ । लगभग १५ प्रतिशत बेथेमा प्रोटिन हुन्छ जो तौल घटाउन सहयोगी मानिन्छ ।

रक्तचाप कम गर्छः अध्ययनका अनुसार ऐमरेन्थमा रहेको फाइबर र फिटोन्यूट्रीएन्ट्स नामक तत्वले रक्तचापलाई कम गर्नमा मद्दत गर्छ । जसकारण यो कोलेस्ट्रल, सुजन र रक्तचापसँग प्रभावकारी ढंगबाट लड्छ र मुटु स्वस्थ राख्छ ।

शरीरमा रगत बढाउँछः औषधिका रुपमा बेथेको जरा, पात र बिउ सबै प्रयोग गरिन्छ । यसका पाताहरु र विउमा प्रोटिन, भिटामिन ए र सी प्रचुर मात्रामा हुन्छ । ऐमरैन्थ अर्थात बेथेको साग एनिमिया रोगसँग लड्ने सबैभन्दा उत्तम उपाय हो । यसको सेवनबाट शरीरमा रगतको कमीलाई हटाउँछ । शरीरमा रगतको कमी दुर गर्नका लागि यसको सेवन सब्जी वा झोलको रुपमा गर्नुपर्छ ।

क्यान्सरको रोकथामः एमरैन्थमा भएको पेप्टाइड्स शरीरमा सुजनलाई हटाउने र क्यान्सरको विकास रोक्नमा पनि एकदमै मद्दतगार हुन्छ । यसमा रहेको एन्टी अक्सीडेट कोशिकाहरुलाई क्षतिग्रस्त हुनबाट बचाउँछ । जसले क्यान्सर रोक्न मद्दत गर्छ ।

पाचनमा सहजता स् ऐमरैन्थमा रहेको फाइबर र अमिनो एसिडका कारण यसले पचाउनमा एकदमै सहज हुन्छ । यसमा रहेको फाइबरका कारण यसले आन्दामा चिप्कएको मल९दिशा०लाई निकालेर बाहिर धकेल्नमा मद्दत गर्छ जसले पेट सफा हुन्छ र पचाउने शक्ति मिल्छ । यसैकारण यसलाई पारम्परिक रुपमा रोगसँग लडिरहेका बिरामीलाई दिइन्छ ।

पिसाबमा जलनः पिशाबमा हुने जलन रोक्नका लागि बेथेको रसको केही दिनसम्म सेवन गर्दा मुत्रवृद्धि हुन्छ र जलन ठिक हुन्छ । रक्त बवासीरः रक्त बवासीर वा मूत्र ९पिशाव०मा रगत आउने समस्या, बेथेको पात पिसेर मिश्री मिलाएर सर्बत बनाएर लगातार पिएमा ठिक हुन्छ ।

प्रतिरक्षा प्रणाली बोलियो स् ऐमरैन्थको एउटा अर्को स्वास्थ्य लाभ पनि छ जसमा रहेको भिटामिन, खनिज र शक्तिशाली एन्टी अक्सिडेन्टले हाम्रो शरीरको प्रतिरक्षा प्रणाली ठिक राख्न मद्दत गर्छ । यसकारण यदि तपाईको प्रतिरक्षा प्रणाली कमजोर छ भने तपाई बेथे सागको प्रयोग गर्नुस् ।

स्तनको आकार बढाउका लागिः महिलाहरुले आफ्नो स्तन बढाउन चाँहेमा अरहरको दालसँग बेथेको साग पकाएर ४० दिनसम्म लगातार खानुपर्छ । जरा काटेर फाल्नु हुँदैन यो पनि पकाउनुपर्छ ।

इनर्जी बुस्टरः केही सब्जिहरु र अनाजहरुमा आवश्यक अमीनो एसिडको मात्रा कम हुन्छ । तर, बेथेमा लाइसिन एकदमै धेरै मात्रा हुने भएका कारण यो क्याल्सियमको अवशोषित गर्नका लागि शरीरलाई मद्दत गर्छ । यसकारण बेथे मांसपेशिको निर्माण र उर्जा उत्पादनका लागि एकदमै उपयोगी छ ।

कपाल फुल्ने र सेतो हुन रोक्छः यदि तपाईको कपाल समय नपुगेरै युवा अवस्थामै फुल्ने समस्या छ भने बेथे सागले समाधान गर्नसक्छ । यो कपाल असमयमा सेतो हुनबाट रोक्न एकदमै प्रभावी उपाय हो । बेथेलाई आफ्नो आहार ९खाना०मा समावेश गरे तपाई यो समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ ।

पत्थरी निको पार्छ स् पत्थरी भएको छ भने बेथेको साग नियमित सेवन गर्दा पत्थरी गल्छ । स्रोत ः अन्नपूर्ण पोष्ट

VIEWS: 580