हाइब्रिड धानको प्रविधि हस्तान्तरणमा इरी सँग सम्झौता

Tuesday, August 10th, 2021 |

 

 

काठमाडाँै २६ साउन

हाइब्रिड धानको प्रविधि हस्तान्तरणका लागि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र अन्तर्राष्ट्रिय धान अनुसन्धान प्रतिष्ठान (इरी) बीच सहकार्य हुने भएको छ । यसका लागि ती दुई सस्थाका बीचमा सहमति समेत भएको हो ।

नेपालमै रहेका रैथाने जङ्गली जातको पहिचान र उपयोगबाट वर्णशङ्कर जातको विकास गरी धानमा आत्मनिर्भर बनाउने उक्त पाँचवर्षे परियोजनाले धान अनुसन्धानका क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ । प्रमुख खाद्यान्न बालीका रूपमा रहेको धान बालीले मुलुकको खाद्य सुरक्षामा ठूलो योगदान पु¥याएको छ ।

सरकारको आर्थिक सहयोगमा सञ्चालन हुने परियोजनाअन्तर्गत वर्णशङ्कर धानको समग्र प्रविधिको विकास नेपालमै परिषद्का वैज्ञानिकहरुको अगुवाइमा गरिने छ । परियोजनाका लागि आवश्यक पर्ने विज्ञान, प्रविधि, क्षमता र सीपको हस्तान्तरण इरीद्वारा हुनेछ । परियोजनाले धानको वर्णशङ्कर जातको विकास गर्न अत्याधुनिक प्रविधिद्वारा धान प्रजनन अनुसन्धानको प्रक्रियालाई छिटो, छरितो प्रभावकारी र विश्वसनीय बनाउने छ ।

उक्त उच्च प्रविधि र नवीनतम सोचको उपयोग गर्न सक्ने नेपाली कृषि वैज्ञानिक पनि यस परियोजनाले विकास गर्ने जानकारी दिइएको छ । परियोजनाले वर्णशङ्कर धान बढी उत्पादनशील, जलवायु अनुकूलित रूपमा व्यवसायीकरण गर्ने उद्देश्य राखिएको छ । केही दिनअघि सञ्चालन सहमति भएको परियोजनाले वर्णशङ्कर जात धानको क्षेत्र विस्तार गरी धानको आयात प्रतिस्थापन हुँदै आत्मनिर्भर बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने आश गरिएको छ ।

यो परियोजनामा चलनचल्तीमा रहेको ‘थ्रि लाइन’ हाइब्रिड उत्पादन प्रविधिसँगसँगै ‘टु लाइन’ हाइब्रिडको नवीनतम प्रविधिलाई स्वदेशमा भित्र्याइ जातीय विकास गरिनेछ पनि सहमतिमा उल्लेख छ ।

इरीका नेपाल प्रतिनिधि डा. कृष्णदेव जोशी र परिषद्का कार्यकारी निर्देशक डा( दीपक भण्डारीबीच परियोजना सञ्चालनका लागि सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

परियोजना पूर्णरूपमा कार्यान्वयनमा गएपछि तराई, पहाड र उच्च पहाडका कृषकको उत्पादकत्व वृद्धिसँगै नेपालमा खाद्यान्नको आयात घटाउन कोशेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ। । नेपाल कृषि प्रधान देश भए पनि पछिल्ला वर्षमा वार्षिक रूपमा लगभग ३२ अर्ब बराबरको चामल आयात गरिँदै आएको छ । नेपालमा वार्षिक प्रतिव्यक्ति चामलको खपत एक सय ३८ केजी रहेको छ ।

वार्षिक धान ६१ लाख टन अर्थात् चामल ४७.६ लाख आवश्यता पर्छ । विगत तीन दशकमा कृषि अनुसन्धान परिषद्ले धानमा अत्यन्त लोकप्रिय जात खुमल चार, राधा चार, हर्दिनाथ एक तथा सुक्खा सहन सक्ने जातका धान उन्मोचन गरेको छ । देशमा यी धानको उत्पादन निकै राम्रो रहेको बताइएको छ । मुुलुकमा अहिले ३२।५ लाख मात्र चामल उत्पादन भइरहेको छ । देशका ६५ प्रतिशतभन्दा बढी जनसङ्ख्या कृषिमा आधारित रहेकाले किसानको उत्थान र हाइब्रिड बालीबाट नागरिकको जीवनस्तरमा सुधार ल्याउन योगदान पुग्ने छ ।

VIEWS: 962