फौजी किरा नियन्त्रणका लागि गाउपालिकाले दियो निशुल्क विषादी

Friday, July 9th, 2021 |

भोजपुर २५ असार

अमेरिकन फौजी किराले मकैबाली नष्ट गरेपछि भोजपुरको पौवादुङ्मा गाउँपालिकाले निःशुल्क विषादी वितरण सुरु गरेको छ

फौजी किराका कारण समस्यामा परेका किसानलाई गाउँपालिकाले निःशुल्क विषादी वितरण गरेको हो ।

पालिकाको तल्लो भेगका अधिकांश किसानको मकैबाली किराले नष्ट पार्न थालेपछि विषादी वितरण अभियान थालेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।

उनले भने, ‘फौजी किराका कारण किसानका मकैबाली नष्ट भएको जानकारी आएपछि हामीले प्राविधिक पठाएर उहाँहरुको समस्या समाधान गरिरहेका छौं । अहिले गाउँपालिकाले किरा मार्न निःशुल्क विषादी विरतण गरिरहेको छ । विषादी वितरण गरेसँगै किरा नियन्त्रणमा आएको छ ।’

गाउँपालिकाको सानोदुम्मा, ठुलोदुम्मा, बास्तीम, च्यांग्र्रेलगायत ठाउँमा फौजी किराको प्रकोप रहेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । किसानको समस्या समाधानका लागि आवश्यक सहयोग गरिरहेको शाखाको भनाइ छ ।

गाउँपालिकाका कृषि शाखा प्रमुख बर्तेन्द्र राईले भने, ‘सयौं रोपनी क्षेत्रफलमा किराको प्रकोप देखिएको छ । नियन्त्रणका लागि आवश्यक पहल थाले

फौजी किरा नियन्त्रणका लागि गाउपालिकाले दियो निशुल्क विषादी

भोजपुर २५ असार

अमेरिकन फौजी किराले मकैबाली नष्ट गरेपछि भोजपुरको पौवादुङ्मा गाउँपालिकाले निःशुल्क विषादी वितरण सुरु गरेको छ

फौजी किराका कारण समस्यामा परेका किसानलाई गाउँपालिकाले निःशुल्क विषादी वितरण गरेको हो ।

पालिकाको तल्लो भेगका अधिकांश किसानको मकैबाली किराले नष्ट पार्न थालेपछि विषादी वितरण अभियान थालेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।

उनले भने, ‘फौजी किराका कारण किसानका मकैबाली नष्ट भएको जानकारी आएपछि हामीले प्राविधिक पठाएर उहाँहरुको समस्या समाधान गरिरहेका छौं । अहिले गाउँपालिकाले किरा मार्न निःशुल्क विषादी विरतण गरिरहेको छ । विषादी वितरण गरेसँगै किरा नियन्त्रणमा आएको छ ।’

गाउँपालिकाको सानोदुम्मा, ठुलोदुम्मा, बास्तीम, च्यांग्र्रेलगायत ठाउँमा फौजी किराको प्रकोप रहेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । किसानको समस्या समाधानका लागि आवश्यक सहयोग गरिरहेको शाखाको भनाइ छ ।

गाउँपालिकाका कृषि शाखा प्रमुख बर्तेन्द्र राईले भने, ‘सयौं रोपनी क्षेत्रफलमा किराको प्रकोप देखिएको छ । नियन्त्रणका लागि आवश्यक पहल थालेका छौं । पछिल्लो समय धेरै हदसम्मका किरा नियन्त्रणमा आएको छ ।’

गाउँपालिकाले वडास्तरबाट कृषकलाई आवश्यक विषादी दिने व्यवस्था मिलाएको छ भने पालिका केन्द्रबाट पनि विषादी वितरण हुँदै आएको छ । गाउँपालिकाले प्रकोपका बेला निःशुल्क विषादी दिएपछि स्थानीय कृषक खुसी भएका छन् ।

स्थानीय कृषक बलबहादुर तामाङले भने, ‘गाउँभरि नै किराको प्रकोप छ । चार सयभन्दा बढी कृषकको मुख्यबाली मकैमा किराले क्षति पु¥याएको छ । मकैको गुबो सबै सखाप बनाएको छ । हाम्रो पीडालाई ध्यानमा राख्दै गाउँपालिकाले विषादी दिएकामा खुसी लागेको छ ।’

किसानका लागि आवश्यक पर्ने मलसमेत यो वर्ष समयमै वितरण भएको गाउँपालिकाको भनाइ छ । जिल्लाको बेंसी क्षेत्रका अधिकांश भागमा यस वर्ष पनि फौजी किराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र भोजपुुरले जनाएको छ । स्रोत ः रासस

का छौं । पछिल्लो समय धेरै हदसम्मका किरा नियन्त्रणमा आएको छ ।’

VIEWS: 409