नगरपालिकाले ग¥यो किसानलाई २२ लाख सहयोग

Wednesday, July 7th, 2021 |

 

ललतिपुर २३ असार

महालक्ष्मी नगरपालिकाले ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ अन्तर्गत यहाँका किसानलाई रु २२ लाख सहयोग गरेको छ ।

नगरपालिकालाई कृषिको माध्यमबाट अघि बढाउने योजनाबमोजिम आज महालक्ष्मीले सो मूल्य बराबरको रकम किसानलाई सहयोग गरेको हो ।

महालक्ष्मीलाई तरकारीका साथै पशुपालन व्यवसायमा आत्मनिर्भर बनाउँदै अघि बढ्न २१ कृषकलाई रु। २२ लाख मूल्य बराबरको चेक हस्तान्तरण गरिएको नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले बताए ।

उनले भने, “यहाँ कृषि फर्म दर्ता गरी तरकारीलगायत पशुपालन गरी बसेका वडा नं ८ लुभु र नं ९ लामाटारका किसानको व्यवसाय अभिवृद्धि गर्न सहयोग गरेका हौँ ।”

आगामी दिनमा पनि कृषि बीमा तथा प्रविधि हस्तान्तरण अनि बजारीकरण र व्यवसाय स्तरोन्नतिमा थप सहयोग गर्ने योजना बनाइरहेको श्रेष्ठले जानकारी गराए ।

नगरपालिकामा विगत लामो समयदेखि सञ्चालनमा रहेको ‘प्रतीक एग्रो फरेष्ट प्रडक्सन’ नामक बोटबिरुवा उत्पादन गर्ने नर्सरीलाई अर्को रु दुई लाख सहयोग गरेको कृषि शाखा अधिकृत टङ्क अधिकारीले बताए ।

उनले भने, “यस नर्सरीले तरकारी फलफूललगायत वनजङ्गलमा लगाइने बिरुवासमेत उत्पादन र कारोवार गर्दै आएकाले आउँदा दिनमा अझ धेरै बिरुवा निकालोस् भन्ने मनसायका साथ सहयोग गरेका हौँ ।”

महालक्ष्मीको लुभु र लामाटार दुई वडामा प्रर्याप्त खेतीयोग्य जमिन रहँदा त्यहाँका मेहनती किसानलाई आर्थिक सहयोग गरी हराभरा बनाउन लागि परेको अधिकारीको भनाइ छ ।

यसैगरी महालक्ष्मीले चालु आर्थिक वर्ष २०७७र०७८ मा नगरपालिकाको तर्फबाट यस अघि रु ६० लाख १० हजार बराबरको प्लास्टिक टनेल, हाते ट्र्याक्टर, बीउबिजनलगायत थुप्रै बस्तु वितरण गर्नाका साथै प्रदेश सरकारबाट आएको अर्को थप रु पाँच लाखको सोही तवरको सामग्री पटकपटक गरी हस्तान्तरण गरिसकेको अधिकारीले जानकारी गराए ।

त्यसैगरी महालक्ष्मीले यही असार ११ गते ‘नगरप्रमुख युवा उद्यमशीलता विकास कार्यक्रम’ अन्तर्गत नगरपालिकामा कृषि, पशुपालन, पर्यटन, सिलाइ–कटाइ, हस्तकला, शिक्षा, सूचना प्रविधि र खेलकूदजस्ता क्षेत्रमा उद्यम गर्दै आएका २५ व्यक्तिलाई उनीहरूको कामका मूल्याङ्कनका आधारमा रु। ३५ लाख सहयोग गरेको थियो ।

महालक्ष्मीले केही दिनअघि आउँदो आव २०७८र०७९ का नीति तथा कार्यक्रममा नगरपालिकामा लक्षित वर्गको क्षमता विकास, रोजगारी र आयआर्जन अभिवृद्धि गर्न व्यावसायिक कृषि प्रवद्र्धन, व्यवसायीकरण, विविधिकरण, वैज्ञानिकरणका साथै बजारीकरण गर्न रु ७३ लाख विनियोजन गर्नाका साथै पशु विकास कार्यक्रमतर्फ रु। ३२ लाख ५५ हजार र सार्वजनिक जग्गा संरक्षणमा रु। ३० लाख विनियोजन गरेको कुरा सार्वजनिक गरिएको थियो । स्रोत ः रासस

VIEWS: 333