महानगरपालिकाले दियो किसानलाई दुधमा प्रतिलिटर ३ रुपैया अनुदान

Tuesday, July 20th, 2021 |

चितवन ५ साउन

भरतपुर महानगरपालिकाले किसानलाई दूधमा प्रतिलिटर ३ रुपैयाँ अनुदान दिने भएको छ । विगत दुई वर्षदेखि प्रतिलिटर दूधमा १ रुपैयाँ अनुदान दिँदै आएको महानगरपालिकाले चालू आर्थिक वर्षमा प्रतिलिटर २ रूपैयाँ बढाएको हो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार दूधको गुणस्तर र उत्पादन वृद्धि गरेर किसानलाई प्रत्यक्ष लाभ पु¥याउने उद्देश्यले अनुदान रुकममा वृद्धि गरिएको हो । यसबाट किसान प्रत्यक्ष रुपमा लाभान्वित हुँदै उत्पादन बढ्ने महानगरपालिकाको लक्ष्य छ

किसानको समस्यालाई बुझेर लाभ पु¥याउने उद्देश्यले क्रमश वृद्धि गरी प्रतिलिटर रु ३ पु¥याइएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यसबाट प्रत्यक्ष रुपमा किसानले लाभ पाउनेछन् ।”

हालसम्म सहकारीमार्फत अनुदान दिँदै आएकोमा यस वर्षबाट सोझै किसानको खातामा अनुदान पठाउने तयारी गरिएको प्रमुख दाहालको भनाइ छ । यस कार्यक्रमबाट महानगरभित्रका १० लाखभन्दा बढी किसान प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् । प्रमुख दाहालका अनुसार गत आर्थिक वर्षमा दूधमा १ करोड ५८ लाख १५ हजार ८ सय ४४ रुपैयाँ अनुदान दिइएको छ ।

४४ सहकारी, पाँचवटा कृषि फार्म र एक समूहले अनुदान पाएका हुन् । अघिल्लो आर्थिक वर्षमा १ करोड ६२ लाख ६१ हजार ५ सय ८७ रुपैयाँ अनुदान दिइएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकामा जनप्रतिनिधि आएसँगै प्रतिलिटर २५ पैसा अनुदान दिएर कार्यक्रम शुरु गरिएको थियो ।
प्रमुख दाहालले भनिन्, “नेपालमा नै हामीले पहिलो पटक दूधमा अनुदान दिन सुरु गरेका हौं ।” भरतपुर महानगरपालिका देशभरका ७ सय ५३ पालिकामध्ये सबैभन्दा बढी दूध उत्पादन हुने पालिका भएको उनको भनाइ छ ।

यहाँ दैनिक एक लाख लिटर हाराहारी दूध उत्पादन हुने तथ्याङ्क छ । केही वर्षअघि गरिएको सर्वेक्षणमा वार्षिक ३ करोड ३२ लाख लिटर दूध उत्पादन हुने गरेको तथ्याङ्क सङ्कलन भएको थियो । यस आर्थिक वर्षमा दूधमा अनुदान दिन ५ करोड १० लाख रुपैयाँ विनियोजन गरिएको उनले जानकारी दिइन् ।

भरतपुर महानगरपालिकाको कृषि तथा पशुपक्षी व्यवसाय प्रवद्र्धन शाखा प्रमुख मेघराज ढकालका अनुसार महानगरभित्र १५६ गाई र १५ भैंसीका व्यावसायिक फार्म छन् । महानगरपालिकाले गत आर्थिक वर्षमा अनुदानका लागि १ करोड ७० लाख रकम विनियोजन गरेको उनले बताए। महानगरपालिकाले कार्यविधि बनाएर अनुदान दिँदै आएको छ ।

सहकारी संस्थामा दूध बिक्री गर्ने किसानलाई सहकारीमार्फत समन्वय गरेर अनुदान दिइएको उनको भनाइ छ । निजको हकमा दुग्ध विकास संस्थानमा दूध बेचेको प्रमाणित अभिलेखको आधारमा अनुदान दिइने गरेको छ । ढकालले यति धेरै रकम अनुदानका लागि विनियोजन गर्ने भरतपुर पहिलो भएको बताए ।

उहाँका अनुसार एउटै सहकारीले १९ लाख २ हजार १ सय १० रुपैयाँसम्म अनुदान पाएर किसानलाई वितरण गरेको छ । भरतपुर महानगरपालिका–६ स्थित अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाले सबैभन्दा बढी अनुदान पाएको हो । संस्थाका अध्यक्ष ऋषिराम चापागार्इंले अनुदान बढाइएसँगै सबै किसान थप लाभान्वित भएको बताए ।

गाई भैँसी पाल्न सहुलियत

महानगरपालिकाले उन्नत जातका गाई भैंसी पाल्ने किसानलाई विभिन्न प्रकारका सहुलियत प्रदान गर्दै आएको छ । महामहानगरपालिकाले पशुपालक किसानलाई गोठ सुधार, फार्म आधुनिकीकरण कार्यक्रम, यन्त्र उपकरण वितरणलगायतका क्षेत्रमा दुग्ध उत्पादक किसानलाई अनुदान दिँदै आएको छ ।

यहाँ उत्पादन भएको दूध जिल्लासहित काठमाडौँ, पोखरा, गोरखा, लमजुङ, मकवानपुरलगायतका जिल्लामा जाने गर्दछ । स्रोत रासस

VIEWS: 141

ताजा खबर