कोरोनाले ह्याचरी उद्योगमा ६ अर्बको क्षति !

Monday, June 14th, 2021 |

 

चितवन ३१ जेठ

कोरोना सक्रममणको कारण मुलुकमा जारी निषेधाज्ञा को समयमा ह्याचरी उद्योगले करिब ६ अर्ब रूपैयाँ क्षति बेहोरेको छ। पोहोरको लकडाउनमा करिब ३५ अर्ब रूपैयाँ क्षति भएको कुखुरापालन व्यवसायमा कोभिडको दोस्रो भेरियन्ट फैलिएपछि थप क्षति भएको छ।

ह्याचरी उद्योग संघका अनुसार एक खर्ब रूपैयाँभन्दा बढी लगानी रहेको यस क्षेत्रमा अर्बौं रूपैयाँ क्षति भएको छ। निषेधाज्ञाले ह्याचरीमा करिब ६ अर्ब रूपैयाँ क्षति पुगेको ह्याचरी उद्योग संघका अध्यक्ष गुणचन्द्र विष्टले बताए। ‘कोरोना महामारीका कारण निषेधाज्ञाले ६० ह्याचरी उद्योग बन्द भएका छन्,’ विष्टले भने, ‘चल्ला बिक्री नहुँदा नष्ट गर्नुपर्ने अवस्था छ।’

बजारमा चल्ला बिक्री नभएपछि सञ्चालनमा रहेका ह्याचरी उद्योगले निकै न्यून मात्रामा उत्पादन गरिरहेका छन्।

बजारमा चल्ला बिक्री नभएपछि सञ्चालनमा रहेका उद्योगले निकै न्यून उत्पादन गरेको विष्टको भनाइ छ । विष्ट सञ्चालक रहेको अविनाश ह्याचरी उद्योगले सामान्य अवस्थामा हप्तामा ६ देखि ८ लाख चल्ला उत्पादन गर्दै आएकोमा अहिले दुई लाख मात्र उत्पादन गरिरहेको छ। ‘अधिकांशले ३० प्रतिशत मात्र उत्पादन गरेका छन्,’ विष्टले भने, ‘उत्पादित चल्ला ५० प्रतिशत बिक्री भएका छैनन्।’

निषेधाज्ञाको कारण चल्ला बिक्री नभएपछि उत्पादन कटौती भएको छ। निषेधाज्ञाले चल्ला ढुवानी, दाना, उत्पादित कुखुराको बिक्री लगायतका समस्याले असर पुगेको हो। ‘चल्लाको माग नै छैन,’ विष्टले भने, ‘निषेधाज्ञाको सबैभन्दा ठूलो असर ह्याचरी उद्योगमा परेको छ।’

चल्ला पनि निकै सस्तोमा बिक्री गर्नुपरेको उनले बताए। ५०।६० रूपैयाँमा बिक्री गर्ने चल्ला २५।३० रूपैयाँमा बिक्री गर्नुपरेको उनले बताए। ‘उत्पादन लागत पनि उठेको छैन,’ उनले भने, ‘नष्ट गर्नुभन्दा सस्तोमा बिक्री गर्न बाध्य छौं।’ ह्याचरी उद्योगमा न्यूनतम तीन करोडदेखि अर्बौं रूपैयाँ लगानी छ। उत्पादन गरेका चल्ला राख्न नमिल्ने भएकाले कठिनाइ भएको हो।

निषेधाज्ञामा सहज रूपमा मासु पसल नखुल्ने, उपभोक्ता पनि मासु किन्न कोभिड सर्न सक्ने भन्दै डराउने लगायत कारण ब्रोइलर कुखुराको मासु खपत घटेको छ। निषेधाज्ञाले होटल, रेस्टुरेन्ट बन्द भएकाले पनि मासुको माग छैन। कम बिक्री भएपछि किसानले चल्ला किनेका छैनन्। कोभिडको कारण बजार चक्र नै प्रभावित भएको छ। गत वर्षको लकडाउनमा पनि कुखुरापालक किसानले क्षति बेहोरेका थिए। पोल्ट्री क्षेत्रमा करिब एक सय २० अर्ब रूपैयाँ लगानी रहेको बताइन्छ।

पोल्ट्री व्यवसायी महासंघका अनुसार कोभिडको कारण पोहोर करिब ३५ अर्ब रूपैयाँ नोक्सान भएको थियो। महासंघले दैनिक २१ करोड ९५ लाख रूपैयाँ नोक्सान भएको तथ्यांक सार्वजनिक गरेको थियो।

महिनौंसम्म होटेल, रेस्टुराँ, पार्टी प्यालेस बन्द भएका थिए। घरायसी खपतमा पनि गिरावट आएको थियो। महासंघका अनुसार गत वर्षको लकडाउनमा चल्लामा दैनिक तीन करोड ४५ लाख रूपैयाँ, ब्रोइलर तयारी कुखुरामा १५ करोड रूपैयाँ, अण्डामा तीन करोड रूपैयाँ र पोल्ट्रीसम्बन्धी दानाको कच्चा पदार्थ आदिमा ५० लाख रूपैयाँको नोक्सान भएको थियो। पोहोर ६ महिना लामो लकडाउनमा दैनिक करिब ६ लाख चल्ला नष्ट गरेका थिए। ४० लाख तयारी कुखुरा गाडेको बताएका थिए।

गत वर्ष क्षति बेहोरेका अण्डा उत्पादक किसानले यो वर्ष भने तुलनात्मक रूपमा कम क्षति भएको बताएका छन्। आम नागरिकमा अण्डा प्रयोग गर्ने बानीको विकास हुँदा निषेधाज्ञामा पनि अण्डा खपत भएको अण्डा उत्पादक संघका शिवराम केसीले बताए। ‘पोहोरको तुलनामा खपत बढेको छ,’ उनले भने, ‘अण्डा उत्पादक किसानलाई केही राहत भएको छ।’

मुलुक अण्डा र खुकुराको मासुमा आत्मनिर्भर छ। आर्थिक वर्ष ०७७र७८ सम्ममा एक अर्ब ८३ करोड अण्डा उत्पादन गर्ने राष्ट्रिय योजना आयोगले मध्यकालीन लक्ष्य तयार पारेको थियो। कोभिडले यसमा असर पुगेको छ।

पौष्टिक तत्वको रूपमा कुखुराका अण्डा र मासुको प्रयोगको लोकप्रियता बढेसँगै नेपालमा ‘पोल्ट्री’ व्यवसायले फड्को मार्न लागेको अवस्थामा कोभिडले क्षति पुर्‍याएको हो। मुलुकको चितवन, नवलपरासी, झापा, काठमाडौं, धादिङ, कास्कीलगायत जिल्लामा व्यावसायिक कुखुरापालन हुँदै आएको छ।

पछिल्लो सरकारी तथ्यांकअनुसार देशभर २१ हजार नौ सय ५६ फर्म व्यावसायिक फार्म छन्। यी फर्ममध्ये ९३।२९ प्रतिशत ब्रोइलर उत्पादक, ६।९ प्रतिशत लेयर्स उत्पादक र ०।५८ प्रतिशत ह्याचरी ९चल्ला उत्पादक० छन्। सामान्य अवस्थामा एक वर्षमा देशभर ६ करोड बढी कुखुरा व्यावसायिक प्रयोजनले उत्पादन हुन्छन्।

नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षणको प्रतिवेदन अनुसार किसानले एक वर्षमा कुखुराको मासु, अण्डा, चल्ला बिक्रीबाट वार्षिक ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार रूपैयाँ कमाउँदै आएका थिए। त्यसमा कुखुराबाट २० अर्ब ५२ करोड ८८ लाख ९१ हजार, अण्डाबाट नौ अर्ब १३ करोड ३७ लाख ३६ हजार, चल्लाबाट तीन अर्ब ६० करोड ७६ लाख ७४ हजार, सुली मलबाट ४५ करोड ३७ लाख २२ हजार रूपैयाँ आम्दानी गरका थिए। पछिल्लो वर्ष यो तथ्यांक अनुसार आम्दानी गर्न सकेका छैनन्। स्रोत ः नागरिक न्यूज

VIEWS: 360