जेठ – असार महिनाका कृषि कामहरु

Monday, May 31st, 2021 |

 

  • खाद्यान्नः
    यस वर्ष बर्षात ढिला भएकाले बारीमा मकै ढिला लगाउनु भयो होला, मकै उम्रिसकेको भए, उन्नत जातको मकै बाक्लो छर्नुभएको छ भने सुरुमा नै छाट्दा राम्रो हुन्छ । मकै छाट्दा एक वर्ग मिटरमा ५ देखी ६ बोट राख्नुहोस् ।
  • ड्तराईमा त धान रोप्ने समय भयो, मध्ये पहाडमा धानको व्याड राख्न बिउ राख्न ढिला नर्गनुहोस् । पानी कम हुने स्थानमा कृषि अनुसन्धान परिषद ( नार्क)ले सुख्खा १, सुख्खा २ र सुख्खा ३ जातको धान अनुसन्धानबाट उन्मोचन गरेको छ । यि धानका जातहरु पनि लगाउन सकिन्छ ।
    उच्च पहाडी भेगमा कोदो लगाउने हो भने व्याड राख्ने बेला भएको छ ।
    तरकारी ः
    पहाडमा पहाडी राजमा, तने वोडि,टाटे सिमी, केराउ,लौका, घिरौँला,गाँजर,मुला, तिते करेला, वरेला, रामतोरिया, काँक्रो आदिलाई टपड्रेसिङ गर्ने समय भयो ।
    पहाडमा नै काउली, बन्दा, गोलभेँडा, भन्टा आदिको बेर्ना रोप्ने समय भयो ।
    काठमाडौँ आसपासमा माघको अन्त्यतिर लागाइएको गोलभेँडा, भन्टा, भेडेखुर्सानी, काँक्रो, करेला आदि बालीमा फल टिप्ने बेला भयो । बढी उत्पादन लिनको लागि यि सबै बालिहरुको फल टिपे पछि प्रत्येक पटक प्रतिबोट १ ग्राम नाइट्रोजन युक्त मल वा एक भाग गाई वा भैँसीको मुत्रमा १ भाग पानि राखेर टप ड्रेसिङ गर्नुहोस् ।
    पहाडी भेगमा वर्षे आलु लगाउनु भएको भए दोश्रो उकेरा दिने समय भयो गोडमेल गर्नुहोस् ।
    स्थानिय जातको काँक्रा, फर्सी,घिरौँला, चिचिण्डाको बिउ छन् भने २४ घण्टा पानिमा भिजाएर मात्र रोप्नुहोस्
    सिमरायो, वेथे, लट्टे, स्विसचार्ट साग बाह्रै महिना लगाउन सकिन्छ
  • फलफुलबाली ः
    सुन्तला बालीमा नयाँ पालुवा सँगसँगै कत्लेकीराका बच्चाहरु पनि देखिन थाल्यो भने मट्टिीतेल र साबुनपानिको झोल बनाइ छर्ने, मेसिनको तेल कपडामा भिजाइ पुछ्ने गर्नुपर्दछ ।
    केराको बगैचाको लागि गवारो नलागेको क्षेत्रबाट बेर्ना ल्याउनुहोस् । गवारो लागेको छ भने पुराना बोटहरु हटाएर नयाँ लगाउनु बेस हुन्छ ।
    सुन्तला जातको विरुवामा विभिन्न सुक्ष्म तत्वको मिश्रण भएको एग्रोमिन ५ ग्राम प्रति लिटर पानिमा राखेर छर्नुहोस् ।
  • वन तथा चरन ः
    यो समयमा गोगन,टाँकी, पाटुसल्ला,फलेदा,कोइरालो,धुपी,चिउरी,टुनी,पैँयु,किम्बु भीमसेनपाती प्रजातीका विरुवाहरु संकलन गर्नुहोस् । पाखुरी,कोइरालो,पैँयु टुनी, गोगन बकाइनो , चिलाउने जातका विरुवाहरु यो महिनामा रोप्न सकिन्छ ।
  • बाली संरक्षण
    मकैँमा खुम्रे वा फेद काट्ने किराको प्रकोप धेरै हुन्छ । बारीमा खुम्रे लागिसकेको छ भने स्थानिय प्रविधिकको सल्लाह अनुसार विषादी राख्न सकिन्छ ।
    अन्नलाई आज भोलिको चर्को घाममा राम्रो सँग सुकाएर मात्र भकारी,मेटल वीन वा सुपर ग्रेन प्लास्टीक वोरामा राख्नुहोस् ।
    आगामी वर्षको लागि चाहिने गहँुको बीउ राम्रो सँग सुकाएर मेटल वीन वा सुपर ग्रने व्यागमा राख्नु भयो भने बीउ सुरक्षित रुपमा रहन्छ ।

    तल्लो पहाडी भेग र तराई क्षेत्रमा लगाएको गोलभेँडा फुल्ने बेला भयो । फलमा गवारो वा डढुवाको आक्रमण धेरै भए डढुवा रोगको लागि डाइमेथोर्मफ वा क्लोरोथालिन विषादी र गवारोको लागि साइरोमेजिन विषादी प्राविधिकको सल्लाह अनुसार राख्नुहोस्

  • बन्दा तथा काउलीमा सेतो पुतलीको लाभ्रेले आक्रमण गरेको छ भने सके सम्म हातले टिपेर मार्नुहोस् । पुतलीको फुल पातको तल्लो भागमा हुन्छ त्यस्त पातहरुलाई टिपेर नस्ट गरिदिनुहोस । यसो गर्दापनि लाभ्रेको आक्रमण रोकिएन भने प्रविधिकको सल्लाह अनुसार डाइक्रोभास विषादी प्रयोग गर्नुहोस्
    ब्याडमा जमाउनु अघि भन्टा, खुर्सानी, घिरौँला, काँक्राका विउहरु बायो पेष्टीसाइडबाट उपचार गरेपछि मात्र छर्नुहोस् ।
    बन्दाको बिउ छर्दा ५० डिग्री सेन्ट्रीगे्रटको तातो पानीमा आधा घण्टा डुवाएर छर्नुभयो भने पात तथा डाठ कुहिने रोगबाट बचाउन सकिन्छ ।
  • पशुपन्क्षीपालन
    आहार ः
    बैशाख महिनामा घाँस पर्याप्त मात्रामा नपाइने भएकोले मिनरल मिक्स्तर अथवा मिनरल ब्लक गाई, भैँसी,भेडा बाख्रालाई खुवाई केही हद सम्म उत्पादन घाटा कम गर्न सकिन्छ ।
    बर्सिम जस्ता पोषिला घाँसहरु उत्पादन गरिएको छ भने नल वा परालसँग यी घाँसहरु मिसाएर खुवाउनु राम्रो हुन्छ
  •  गर्मी मौसममा दुधालु गाई भैसीलाई प्रशस्त पानी खुवाउने गर्नुहोस, भैँसी पाल्नु भएका किसानहरुले सकिन्छ भने दिनमा एक पटक नुहाइदिने गर्नुहोस्, उन्नत जातको गाईलाई पनि अवाश्यकता अनुसार नुहाइदिँदा राम्रो हुन्छ
    रोग ः
    भ्यागुते तथा चरचरे रोग फैलिने समय पनि बैशाख जेठ तिर नै भएकोले रोगबारे सतर्क रहनुहोस् र खोपको व्यवस्था मिलाउनुहोस् ।
    ड्ड कुखरा तथा बङ्गुरको खोर सधैँ सफा राख्नुहोस्, कुनै कुखुरा वा वङ्गुर बिरामी भए त्यसलाई खोरबाट अगग्गै स्थानमा राख्नुहोस् । यसो गर्दा वर्डफ्यु र स्वायनफ्यु रोगबाट नियन्त्रण गर्न सकिन्छ ।
    खोरमा जाँदा बाहिरको चप्पल लगाएर नजानुहोस्, ।
  • हेरचाह ः
    तल्लो पहाडी भेग र तराई क्षेत्रमा गाईहरु अब बाली जाने बेला भयो । ती गाईहरुलाई नजिकको उन्नत जातको बहरसँग बाली लगाउनुहोस् वा स्थानिय भेटनरी डाक्टरबाट कृत्रिम गर्भाधान गराई घरमा नै वर्णसंकर जातका गाई उत्पादन गर्नुहोस् ।

गर्मी मौसममा दुधालु गाई भैसीलाई प्रशस्त पानी खुवाउने गर्नुहोस, भैँसी पाल्नु भएका किसानहरुले सकिन्छ भने दिनमा एक पटक नुहाइदिने गर्नुहोस्, उन्नत जातको गाईलाई पनि अवाश्यकता अनुसार नुहाइदिँदा राम्रो हुन्छ
स्रोत ः प्राविधिक सल्लाह र कृषि डायरी २०७८

VIEWS: 617