कृषिलाई डिजिटलाइजेशन गर्ने काममा लाग्दै कर्मा ग्रुप

Tuesday, March 23rd, 2021 |

 

चैत्र, १० चितवन
विगत २० वर्ष देखी कृषिलाई आवश्यक सामाग्री सहित प्राविधिक सेवा समेत प्रदान गर्दै आएको कर्मा ग्रुप अफ कम्पनिले कृषि क्षेत्रलाई डिजिटलाइज गर्ने प्रक्रियमामा आफ्ना कामहरु अगाडि बढाएको छ । चितवनमा २ दिने भ्रमण सहित १ दिने लागत व्यवस्थापन तालिम कार्यक्रम सञ्चालन गर्दै कम्पनिले कृषिलाई यान्त्रिकरण, आधुनिकिकरण र डिजिटलाईट गर्न ट्रयाक्टर, मिनिटिलर , कृषि ड्रोन ,शुलभ थोपा सिंचाई, कर्मा मोबाइल, किसान सिम, कर्मा एप्स लगायतका प्रविधि र सामाग्रीहरु बजारमा ल्याउने तयारीमा रहेको छ ।

स्थापनाको २० बर्ष पुरा गर्न लागेको यस कम्पनिले किसानलाई खेतमा नै पुगेर प्राबिधिक सेवा सल्लाह सहित उत्कृष्ट सामाग्री उपलब्ध गराउँदै आएको छ । उत्पादन लागत घटाएर किसानलाई मुनाफा प्रदान गराउनु मुख्य उद्देश्य रहेको कर्मा ग्रुप अफ कम्पनिका अध्यक्ष सुरेश गुरुङले जानकारी दिए ।
कार्यक्रममा उत्पादन लागत, चुनौती र सम्भावनाका बारे कर्मा ग्रुप अफ कम्पनिका आर एन्ड डि डाईरेक्टर डा.सुचित श्रेष्ठले आफ्नो प्रस्तुती राखेका थिए । लागत ब्यवस्थापनमा कर्मा ग्रुपले आफ्नो तर्फबाट पूण लागि परेको र कम्पनिले किसानलाई नजिकबाट बुझेको उनको भनाइ थियो ।
कार्यक्रमको सह आयोजकको रुपमा रहेको मेगा बैंकको तर्फबाट किसानलाई कर्मा ग्रुपको उर्जा, मेगा बैंकको कृषि कर्जा भन्ने स्लोगन दिएर कर्मा ग्रुपको सिफारिसमा बिना धितो शुलभ कृषि कर्जाको घोषणा पनि गरिएको छ । कम्पनिको सिफारिसमा पाँच जना रहेको ब्यवसायिक किसानको समुह बनाई कर्जा माग गरेमा आवस्यकता अनुसार प्रमाणित हुने गरि बिना धितो लगानी गर्ने मेघा बैंकका साना तथा मझौला उद्यम ईन्चार्ज रुक्मिनी महर्जनले जानकारी दिइन् । मेगा बैंककै नयाँवानेश्वर शाखाकी म्यानेजर सुहीता श्रेष्ठले कर्मा ग्रुपसंगको सहकार्यले किसानलाई बित्तिय पहुँचमा सहज र सरल बनाउँदै उनिहरुको प्रगतिको सारथी बन्नमा विश्वास व्यक्त गरिन् । बैँक कृषि क्षेत्रमा लगानी बढाउने पक्षमा रहेकाले कृषि ब्यवसाय गर्नेहरुलाई मेगा बैंकमा आईदिन पनि उनको आग्रह छ ।

अन्तरक्रिया कार्यक्रममा विभिन्न जिल्लाबाट सहभागि किसानहरुको जिज्ञासा मेटाउने र सुझाब लिने काम गरिएको थियो । कार्यक्रममा चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, कास्की, पाल्पा, झापा मोरङ, सुनसरी लगायतका जिल्लाहरुबाट दुई सय एक्काउन्न जना ब्यवसायिक किसानहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम पुर्व बिभिन्न जिल्लाबाट उपस्थित किसानहरुलाई दुई दिन चितवनका किसानका बिभिन्न फार्महरुमा अध्ययन अवलोकन भ्रमण गराईएको थियो ।

VIEWS: 1098