किसानलाई कृषि कर्जा दिन कर्मा ग्रुप र मेघा बैंकबिच सम्झौता

Tuesday, March 16th, 2021 |

 

काठमाडौँ ३ चैत्र

कर्मा गु्रप अफ कम्पनी र मेगा बैंक नेपाल विच किसानलाई सरल कृषि कर्जा उपलब्ध गराउने विषयमा सम्झौता भएको छ । कम्पनिका तर्फबाट अध्यक्ष सुरेश गुरुङ र बैँकका तर्फबाट डेपुटी सिइओ रवीना देसराज श्रेष्ठले विच हिजो सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

दुई पक्ष विच काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका किसानहरुलाई बिना धितो कृषि कर्जा उपलब्ध गराउने समझौता पत्रमा हस्ताक्षर गरेका छन्। सो सम्झौता अनुरुप कर्मा गु्रपको सिफारिसमा किसानलाई बिना धितो सुलभ तथा सरल कृषि कर्जा प्रदान गरिने छ । सम्झौता पछि प्रतिक्रिया दिदै डेपुटी सिइओ श्रेष्ठले कर्मा गु्रप अफ कम्पनी र मेगा बैंक नेपाल लिमिटेड बिच गरिएको सम्झौता अनुरूप अगाडि बढ्ने प्रतिवद्दता जनाउनु भएको हो । किसानलाई सुलभ र बिना धितो दिइने यो लोन झन्झटिलो नहुने र उपयोगि हुने बैंकले दाबी गरेको छ । श्रेष्ठले आगामी दिनमा अन्य अनुभव र प्रभावमुखी परियोजनाहरूमा कर्मा गु्रपसँग मिलेर काम गर्न बैंक उत्सुक रहेको पनि बताउनु भयो । परियोजना कार्वान्वयन पश्चात् नेपालको कृषि क्षत्रले फड्को मार्ने बिस्वास बैंकले लिएको छ । २० बर्ष देखि नेपालमा सामाजिक उत्तरदायित्व सगै कृषि ब्यवसाय गर्दै आइरहेको कर्मा गु्रप अफ कम्पनीका अध्यक्ष सुरेस गुरुङले बैंक र कम्पनी बिच गरिएको सम्झौताले नेपाली किसानलाई महत्त्वपूणर् राहत प्रदान गर्ने बिश्वास व्यक्त गर्नुभयो । कृषि क्षेत्रमा नयाँ प्रबिधि र गुणस्तरीय उत्पादन उपलब्ध गराउन र उत्पादकत्व बढाउन भुमिका खेलेको कम्पनीले हाल कृषकहरूको उत्पादन लागत घटाउन विभिन्न योजनामा काम गरिरहेको छ । सोही अनुरुप कम्पनीले बैंकसङ्गको सहकार्यमा किसानकालागी सहज, सस्तो र सरल कर्जा उपलब्ध गराउने योजना ल्याएको अध्यक्ष गुरुङले बताउनु भयो । कर्जालाइ सहज र कम झन्झटिलो बनाउने गरि किसानको सुझावलाई समेटेर छिट्टै बृहत योजना उनिहरुलाइ दिइने पनि गुरुङले जानकारी दिनुभयो । हालको परियोजना पायलट प्रोजेक्ट भएकाले नेपाली किसान र कृषिको बिकासमा उदाहरणीय एवं कोसेढुङ्गा साबित हुने बिश्वास संयुक्त रुपमा मेघा बैंक र कर्मा गु्रप अफ कम्पनिले व्यक्त गरेका छन् । हाल कम्पनिको डिष्ट्रिव्यटरको रुपमा उपत्यकामा अर्गानिक ट्रेड सेन्टर प्रा.लिले काम गर्दै आएको छ । कर्मा गु्रपले े किसानको फिल्डमा नै प्राविधिक सेवा प्रदान गर्दै आएको छ ।

VIEWS: 1419