कपास उद्योगमा आगलागी हुँदा १२ लाखको क्षति
Wednesday, January 20th, 2021 | krishak khabar
झापा ७ माघ
भद्रपुर–५ झापा चोकस्थित कपास उद्योगमा आगलागी हुँदा १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ। मङ्गलबार बेलुका सोही वडाका रामचन्द्र सहनीले सञ्चालन गरेको कपास उद्योगमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।
उनका अनुसार कपास उद्योगमा कपास पेल्ने क्रममा कपासमा मिसिएर आएको ढुङ्गाका कारण मेसिनमा खराबी आएर अचानक आगलागी भएको हो। आगलागीबाट कपास पेल्ने मेसिन एक थान र ५७ बोरा तयारी कपास पूर्णरूपमा जलेर नष्ट भएको छ। स्थानीयवासी, प्रहरी र भद्रपुर नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको थियो। स्रोत ःरासस
ताजा खबर
कृषि गर्ने युवालाई विनाधितो ऋण दिदै नगरपालिका
Wednesday, March 3rd, 2021
किसानलाई निशुल्क माटो परिक्षण तालिम
Tuesday, March 2nd, 2021
मल आपूर्ति र वितरण गर्ने संस्था तोकियो
Tuesday, March 2nd, 2021
सतुवा र टिम्बुर खेतीबाट राम्रो आम्दानी गर्दै किसान
Monday, March 1st, 2021
मोबाइल एफ मार्फत कृषि उपजको जानकारी लिदै किसान
Monday, March 1st, 2021
भारतबाट मौरीको घार र गोला ल्याउन लागिएकोमा विरोध
Thursday, February 25th, 2021
जापानमा लोकप्रिय बन्दै नेपाली घिउ
Tuesday, February 23rd, 2021
मापदण्ड नपुग्दा कालीमार्सी धान खरिदमा समस्या
Tuesday, February 23rd, 2021
सातवर्षमा पनि निर्माण सम्पन्न भएन शितघरको
Monday, February 22nd, 2021
बाग्लुङमा सामूहिक किवीखेती
Monday, February 22nd, 2021