भेटेनरी क्षेत्रको बृहत जानकारी सहितको पुस्तक बजारमा

Sunday, December 27th, 2020 |

काठमाडौँ १२ पौष

भेटेनरी क्षेत्रको विविध जानकारी समेटिएको बहुउपयोगी पुस्तक बजारमा आएको छ । डा.कमल प्रसाद अधिकारी द्धारा लिखीत सो पुस्तक नेपाल कृषि सेवा अन्र्तगतको भेटेनरी,लाइभस्टक पोल्ट्री एण्ड डेरी डेभलपमेन्ट,फिसरीज समूह राजपत्र अनंकित प्रथम श्रेणी तथा द्धितीय श्रेणीको पाठ्यक्रममा आधारित पुस्तक भएकाले यो ज्यादै नै उपयोगी रहेको छ ।
भेटेनरी तर्फ नेशनल कलेज अफ टेक्निकल साइन्स भरपुरको संयोजक, नमुना इन्ष्टिच्युट भरतपुरको प्रशिक्षक र जनप्रिय माध्यामिक विद्यालय (प्राविधिक शिक्षालय) हेटौडाका प्रशिक्षक समेत रहेका डा. अधिकारी द्धारा लिखीत पुस्तक बहु आयामिक प्रकृतिको रहेको छ ।  हाल अधिकारी हेटौँडा उप माहानगरपालिका कृषि शाखामा कार्यरत छन्।  साथै यो पुस्तक प्रदेश अन्र्तगतका चौथो र पाचौँ तहमा भएका सम्पूर्ण पाठ्क्रम, स्थानीय तथा प्रदेश सेवा अन्र्तगत चौथो र पाँचौ तहका साथै नार्क र डि.डि.सी बाट लिइने परीक्षाका लागि समेत अति उपयोगी रहेको देखिन्छ । यो पुस्तक शुक्रबार आशिष बुक हाउस बागबजारले बजारमा ल्याएको हो ।

थप जानकारीका लागि
ब्राहमी एजुकेशन प्रा.ली
९८५५०७१७०५
कृषक मिडिया प्रा.ली,काठमाडौँ
९८४५१४८८८२,९८५५०४८८८२

VIEWS: 1307