तरकारी बजारमा सुरु भयो डिजिटल कारोबार

Friday, December 25th, 2020 |

 

काठमाडाँै १० पौष

अब तपाइले समान्य तरकारी बजारमा तरकारी किन्दा पनि डिजिटल कारोबार गर्न सक्नुहुन्छ । शुक्रबार क्यूआर पेमेन्टबाटै तरकारी किन्न सकिने गरी नक्सालको तरकारी बजारमा यसको सुरुआत भएको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक किलो अदुवा किनेर यसको सुरुवात गरेका हुन् । गभर्नर अधिकारीले एक किलो अदुवाको ८० रुपैयाँ क्यूआर कोडमार्फत भुक्तानी गरे ।

नक्साल तरकारी बजारमा सानिमा बैंकको सक्रियतामा क्यूआर पेमेन्टको सुरुआत भएको हो । बजार क्षेत्रमा भायनेटले निशुल्क इन्टरनेट समेत उपलब्ध गराएको छ ।

यहाँ तरकारी किन्न नगद बोक्नैपर्ने बाध्यता हटेको छ । गभर्नर अधिकारीले डिजिटल कारोबारलाई बढाउन अब देशैभर क्यासलेस कारोबार लैजाने बताए ।

कालिमाटी फलफूल तथा तरकारी बजारमा पनि चाडैं यो व्यवस्था गरिने उनले बताए । पहिलो चरणमा नक्सालमा सुरु भए पनि चाडैं देशभर पुग्ने उनले जानकारी दिए ।

बैंकर्स संघका अध्यक्ष भुवन दाहालले राष्ट्र बैंकको अभियान सफल बनाउन सहयोग गर्ने बताए । सुरक्षित र भरपर्दो भएको कारण पनि डिजिटल कारोबार नै रोज्न उनको सुझाव छ ।

VIEWS: 219