कृषि सञ्चारमा बार्षिक ५ करोड खर्चिदा उपलब्धि कति ?

Sunday, December 20th, 2020 |

काठमाडौँ ५ पौष

कृषि क्षेत्रको सूचना साधारण जनता समक्ष पु¥याउन सरकारले बार्षिक रुपमा ५ करोड भन्दा धेरै रकम खर्च गरिरहँदा त्यसबाट कृषि मैत्रि निती निर्माण तथा किसानको हितमा कस्ता काम हुन सके यकिन हुन नसकेको एक कार्यक्रम विच छलफल भएको छ ।

आइतबार राष्ट्रिय कृषक सञ्जालको आयोजनामा भएको एक अन्तरक्रिया कार्यक्रममा कृषि क्षेत्रमा कलम चलाउँदै आएका कृषि पत्रकारहरुले कृषि विकास मन्त्रालयले (कृषि सूचना तथा तालिम प्रशिक्षण केन्द्र) लाई बार्षिक रुपमा ५ करोड भन्दा धेरै रकम विनियोजन गदै आएको भएपनि सो अनुसारको उपलब्धि नदेखिएको धारणा राकेका छन् ।
कृषि ,खाद्य सुरक्षा, भूमी र खाद्य सम्प्रभुता सम्बन्धि कानुनको कार्यन्वयनको अवस्था र सञ्चार क्षेत्रको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा कृषि सूचना तथा प्रशिक्षण केन्द्रले हाल सम्म कृषि सञ्चारको क्षेत्रमा गर्दै आएको कामहरुको विषयमा केन्द्र प्रमुख डा. श्रीराम घिमिरे द्धरा प्रस्तुत कार्यपत्र माथि टिप्पणी गर्ने क्रममा सो विषय उठान भएको हो । केन्द्रले ५ दशक भन्दा धेरै समयबाट कृषि पत्रिका र रेडियो कृषि कार्यक्रम उत्पादन तथा प्रसारण गदै आएको तथा ३ दशक देखी टेलिभिजन कृषि कार्यक्रम प्रसारण गदै आएको छ ।

सो कार्यक्रमहरुमा किसानको बास्तविक समस्याहरुको पहिचना हुन नसकेको, सरकारी संरचना अनुसार केन्द्रमा हुने कर्मचारी सरुवा बढुवाले काम गर्न सहज नभएको जस्ता विषयहरु उठान भएको थियो । यसैगरी कृषि लाई नै मुख्य विषय बनाइ प्रकाशन प्रसारण हुदै आएका कृषिका मिडियाहरुलाई सहज रुपमा सूचना दिने परिपाटि नभएको, नेपाली किसान लाई जुन कम्जोर दृष्टिकोणले हेरिन्छ सोहि दृष्टिकोण कृषि सञ्चारमा काम गर्ने मिडिया र पत्रकारहरुलाई पनि हेरिदै आएकाले ति सञ्चार माध्यमहरुले उठाएको विषय सधै ओझेलमा पर्ने गरेको जस्ता विषयहरु कार्यक्रमा उपस्थित पत्रकारहरुले उठाएका थिए ।
कार्यक्रममा चुनावमा भोट माग्ने समयमा एउटा एजेन्डा बनाएर गएका राजनैतिक दलहरुले सरकार बनेपछि सो ऐजेन्डा अनुसार काम नगरेको , उनिहरुलाई खबरदारी गर्न कृषिका विषयहरु देशको मेन स्ट्रिम सञ्चार माध्यममा जहिले पनि बैकल्पिक प्राथमिकताको क्रममा पर्ने गरेको जस्ता विषयहरु उठान भएका छन् ।

कार्यक्रममा कृषि, खाद्य सुरक्षा र खाद्य संम्प्रभु्ता सम्बन्धि हाल सम्म बनेका कानुनहरुको विषयमा नेपाल टेलिभिजनका कृषि कार्यक्रम प्रस्तोता संगम महतले पनि कार्यपत्र प्रस्तु्त गरेका थिए ।

कार्यक्रम राष्ट्रिय किसान आयोगका प्रमुख हरिबाहादुर पराजुलीको प्रमुख आतिथ्यतामा भएको थियो । सो कार्यक्रममा कृषि क्षेत्रमा काम गर्न स्थापना भएको कृषि पत्रकारहरुको संगठनको तर्फबाट नेपाली एग्रीकल्चर जर्नालिष्ट एशोसिएसनबाट किरण आचार्य, कृषि पत्रकार प्रतिस्ष्ठानको तर्फबाट निमेश पोखरेल, कृषि पत्रकार समाजको तर्फबाट बैकुण्ठ भण्डारी र कृषि पत्रकार समाजको तर्फबाट कमला भट्टराईले आ –आफ्नो भनाइहरु राखेका थिए ।

VIEWS: 908