किसानको गुनासो समर्थ मुल्यले धान विक्रीमा समस्या

Tuesday, December 1st, 2020 |

 

झापा १६ मङसिर

यस वर्ष मौसमले साथ दिँदा जिल्लामा धानको उत्पादन बढेको छ। तर, कृषकले पाउने मूल्यमा भने वृद्धि भएको छैन। गत वर्ष प्रतिमन १२ सयसम्ममा बिक्री गर्न किसान बाध्य छन् ।

गत वर्षको तुलनामा ८.८२ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र झापाको अनुमान छ। कृषि ज्ञान केन्द्र झापाका कार्यक्रम संयोजक शालिकराम भट्टराईका अनुसार यो वर्ष जिल्लामा २५ सय हेक्टर क्षेत्रफल बढेको छ । मौसमले साथ दिएको हुनाले पानी नलाग्ने नहर नभएका स्थानमा पनि आकाशेपानीले धान उत्पादनमा वृद्धि भयो। सरकारले समर्थन मूल्य तोके पनि बिचौलिया भने कृषकबाट सस्तो मूल्यमा धान लिइराखेका छन्। धान भर्खरै काट्दै गरेका कृषक पनि सहकारीलाई भन्दा व्यापारी अथवा गाउँघरमै बेच्न खोज्छन्। मूल्य पाए पनि चिस्यान बढी देखिएला र सहकारीले नकार्ला भन्ने डरले पनि कृषकले व्यापारीलाई नै धान बेच्ने गरेका छन्।

कचनकवल गाउँपालिका(४ का कृषक सौरभ गणेशको थान झार्ने दिन खेतमै धान किन्ने व्यापारीको लर्को लाग्यो। तीन बिघा क्षेत्रफलमा सौरभले धान लगाएका थिए। कृषिमा आधुनिकीकरणको सुरुआत गरेका कृषक सरकारको समर्थन मूल्यप्रति भने सन्तुष्ट छैनन्। समर्थन मूल्य प्राप्त गर्न चाल्नुपर्ने झन्झटिलो प्रक्रियाले किसान असन्तुष्ट छन्।

सरकारले तोकेको समर्थन मूल्य मोटा धानको २७ सय ३५ रुपैयाँ छ। मध्यमको मूल्य २८ सय ८५ रुपैयाँ छ। सरकारले धानको समर्थन मूल्य तोकेपछि कृषकमा एक किसिमको आशासँगै निराशा पनि देखिएको छ। स्रोतः अन्नपूर्णपोष्ट

VIEWS: 524