जग्गा बाँझो राख्नेलाई सरकारी सुविधा नदिइने

Friday, November 20th, 2020 |

 

मुगु ५ मङसिर

जिल्लाको छाँयानाथ रारा नगरपालिकाले जग्गा बाँझो राख्नेलाई सरकारी सुविधा नदिने भएको छ । नगरपालिकाले यदि सो नगर भित्रका नागरिकको जग्गा बाँझो छ भने वडा कार्यालयबाट दिइदै आएको सबै सेवा नदिने निर्णय गरेको हो । मंसिर ३ गते बसेको वडापालिकाको बोर्ड बैठकले हिउँदेबाली नलगाइ जग्गा बाँझो राख्नेलाई वडापालिकाबाट प्रदान हुने सबै सेवा रोक्का गरिने निर्णय भएको ४ नम्बर वडाका वडा अध्यक्ष बिष्णुकुमार भामले जानकारी दिए।

नगरपालिका ( ४ का तीन बस्ती भामबाडा,रावलबाडा र रोकायाबाडाका स्थानीयले जग्गा बाँझो राखी हिउँदेबाली जौ र गहुँ लगाउन छोडेका थिए। यो बाली हराउने अवस्थामा पुगेपछि छाँयानाथ रारा नगरपालिकाको सो निर्णय गरेको हो। नगरपालिकाको १४ वडामध्ये ४ नम्बर वडाका तीन बस्तीका सबै जग्गामा वर्षमा दुई बाली उत्पादन हुने गरेको छ ।

बर्षे बालीमा कोदो, धान, मकै, सिमी, फापर,आलु र हिउँदे बालीमा जौं, र गहुँ लगाउने गरेपनि यो तीन बस्तीमा केही वर्षयता हिउदेबाली जौ र गहुँ लगाउन छोडेको थियो। जग्गा बाँझो राख्नेलाई वडा कार्यालयबाट उपलब्ध हुने सरकारी सेवा रोक्का गर्ने निर्णय कृषकहरुका लागि स्वागतयोग्य भएको छाँयानाथ रारा नगरपालिका—४ रोकायाबाडाका कृषक कृष्णाप्रसाद भामले बताए ।

वडा कार्यालयको उक्त निर्णय गाउँलेलाई जानकारी गराइसकेको छाँयानाथ रारानगरपालिका—४ का वडा अध्यक्ष बिष्णुकुमार भामले जानकारी दिए। जौ र गहुँ अन्य बालीभन्दा गोडमेल तथा खेति गर्न सजिलो भएपनि छाडा पशुचौपाया तथा हिउँदमा हिमपात कम पर्ने भएकाले बाली लगाउन छोडेको स्थानीयले बताएका छन्।

हिउँदे बालीका लागि सबै‍भन्दा समस्या छाडा चौपाया नै हुन्। छाडा पशुचौपायालाई व्यवस्थापन गरे बाली लगाउन सकिने स्थानीयले बताएका छन्। चार पाँच वर्ष अगाडि पाँच हलभन्दा बढी जग्गामा लगाएको बाली बिक्रीबाट ५० हजार भन्दा बढी आम्दानी गरेको कृषक भिमबहादुर रोकायले बताए। । स्रोत ः अन्नपूर्ण पोष्ट

VIEWS: 1060