चिनमा औषत मापदण्ड भन्दा धेरै अन्न उत्पादन हुँदै

Tuesday, October 6th, 2020 |

 

काठमार्डौँ २१ असोज

चीनमा अन्नबाली उत्पादन दर औसत भन्दा ४७० किलोग्राम बढी रहेको त्यहाँको सरकारी तथ्याङ्कले देखाएको छ।

यो विश्वको सरदर स्तरभन्दा बढी हो भने विश्वले मान्यता दिएको ४०० किलोग्रामको सुरक्षित रेखाभन्दा माथि हो।

अहिलेसम्म चीनको शरद ऋतुको अन्नबालीको राम्रो उत्पादन निश्चित भइसकेको चिनियाँ कृषि तथा ग्रामिण क्षेत्र मन्त्रालयले जानकारी गराएको छ।
अन्नबालीको कूल उत्पादन मात्रा निरन्तर छैठौँ वर्षसम्म वृद्धि हुँदै चालु वर्ष ६ खर्ब ५० अर्ब किलोग्राम (६५ करोड टन ) पुग्ने अनुमान गरिएको हो।

चिनियाँ कृषि तथा ग्रामिण क्षेत्र मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार, तेह्रौं पञ्च वर्षीय योजनाको पुनरावलोकन गर्दा चीनको अन्नबालीको उत्पादन स्थिर रूपमा बढेको देखिएको छ।

सन् २०१९ मा चीनको अन्नबालीको कूल उत्पादन मात्रा ६ खर्ब ६३ अर्ब ८५ करोड किलोग्राम (६६ करोड ३८ लाख टन) पुगी इतिहासको किर्तिमान सिर्जना भएको मन्त्रालयले जानकारी गराएको छ।

चीनले खेतीको संरक्षणसम्बन्धी सबैभन्दा कडा व्यवस्था अपनाउँछ। चीनमा खेतीजन्य क्षेत्रफल कम्तीमा १२ करोड हेक्टर रहेको छ। चीनले स्थायी खेतीको विशेष संरक्षण गर्ने व्यवस्था चौतर्फी रुपमा पालना गदै आएको छ ।

यसका साथै चीनले अन्नबालीको उत्पादन र भटमासलगायत महत्वपूर्ण कृषि उपजको उत्पादन र संरक्षण क्षेत्रलाई वैज्ञानिक रुपमा विभाजन गरेको छ। स्रोत ः सेतोपाटी

VIEWS: 1064