इलाम नगरमा ५० वटा माछापालन पोखरी निर्माण हुने

Tuesday, October 20th, 2020 |

 

इलाम ४ कार्तिक

माछापालनमा व्यवसायलाई प्रोत्साहन गर्नका लागि इलाम नगरपालिकाले ५० वटा पोखरी निर्माण गर्ने भएको छ । नगरले किसानलाई अनुदानमार्फत पोखरी निर्माण गरिदिने भएको हो । नगरको अनुदान सहयोग शीर्षकअन्तर्गत रकमबाट एउटा पोखरीका लागि ४० हजार अनुदान दिएर पोखरी निर्माण हुने भएको नगरप्रमुख महेश बस्नेतले जानकारी दिए ।

नगरका १२ वडामध्ये वडा नं ७ बाहेक बाँकी वडामा माछापोखरी निर्माणका लागि अनुदान सहयोग गर्ने भएको छ । अनुदान सहयोग दिई लागत साझेदारीमा १६ मिटर लम्बाइ आठ मिटर चौडाइ भएको माछापोखरी निर्माण गरी व्यावसायिक माछापालन कार्यक्रम सञ्चालन गर्ने गरी विभिन्न समूह, फर्म र कृषकबाट आवेदन माग गरिसकिएको छ । माग गरिएकोमा नगरको बैठकमार्फत उपयुक्त माछापालन किसानसमेत छनोट गरिसकिएको छ भने ४० जना किसान वैकल्पिकमा परेका छन् ।

“इलाम नगरपालिका–७ नं वडामा चाहिँ पोखरी भएको र नयाँ बनाउन उपयुक्त ठाउँ नभएकाले नदिएको हो”, नगरका सूचना अधिकारी रामकुमार साहले भने “सबै प्रक्रिया पूरा गरेपछि मात्र अनुदानको रकम दिन्छौँ । त्यसका लागि मापदण्डसमेत बनाइएको छ ।”

नगरमा माछापालनको प्रशस्त सम्भावना भए पनि सचेतना अभाव पालन नभएको सूचना अधिकारी साहको भनाइ छ । नगरमा माछा अन्य जिल्लाबाट ल्याउनुपर्ने बाध्यता हल गर्नसमेत नगरले प्रोत्साहन गरेको साहले बताएरकम दिन्छौँ । त्यसका लागि मापदण्डसमेत बनाइएको छ ।”

नगरमा माछापालनको प्रशस्त सम्भावना भए पनि सचेतना अभाव पालन नभएको सूचना अधिकारी साहको भनाइ छ । नगरमा माछा अन्य जिल्लाबाट ल्याउनुपर्ने बाध्यता हल गर्नसमेत नगरले प्रोत्साहन गरेको साहले बताए । स्रोत ः रासस

VIEWS: 818