डुबानले लाखौको रहरबाली नष्ट

Friday, October 2nd, 2020 |

 

जनकपुर १६ असोज

अबिरल बर्षाले डुबानमा पर्दा महोत्तरीका दुई सय बिघामा लगाइएको रहर (दाल) बाली नष्ट भएको छ ।

जिल्लाको सबैभन्दा होचो भूभागमा पर्ने सदरमुकाम जलेश्वर नगरपालिका र आसपासका खेतबारी वर्षाको पानीले डुबानमा पारेपछि लाखौंको रहरबाली नष्ट भएका हुन् । रहरबाली नष्ट हुँदा यस क्षेत्रका किसान चिन्तित भएका छन् । “खेतमा वर्षाको पानी पसेर रहरको बोट सुकेर नष्ट भएको छ”, जलेश्वर नगरपालिका–।८ का किसान रामबाबु चौधरीले भने, “ वर्षाको पानीले खेतबारी डुवान हुँदा यस क्षेत्रमा लाखौं मूल््य बराबरको रहरबाली नष्ट भएको छ ।”

धान खेतीको आली र उचो भागको खेतमा लगाइएको रहरबाली पानी पसेर सबै बोट सुकेको र यसबाट लाखौंको क्षति भएको जलेश्वर नगरपालिका–६ का किसान आलम राईनको भनाइ छ । रहरबालीमा पानी लागेपछि तुरुन्तै बोट सुकेर नष्ट हुने गर्छन् ।

यो वर्ष जलेश्वर र आसपासका करीब दुई सय बिघामा लगाइएको रहरबाली नष्ट हुँदा लाखौंको क्षति भएको जलेश्वर नगरपालिका–।२ का किसान रामविलास महतोले बताए । स्रोत ःरासस

VIEWS: 573