चमत्कारिक गुण भएको मोरिंगा

Sunday, October 11th, 2020 |

 

काठमाडाँै २५ असोज

सुपरफुड, चमत्कारिक रुख आदी नामले चिनिने मोरिंगा लाई नेपालमा ठाउँ अनुसार फरक फरक नामले चिनिन्छ । ठाउँ अनुसार ठाउँ अनुसार सित्तलचिनी,सजिवन आदी नाम लिइने यसमा विभिन्न प्रकारका भिटामिन र पोषक तत्वहरु प्रचुर मात्रामा पाइने भएकाले यसलाई उच्च पोषण भएको बनस्पतिको रुपमा बुझिन्छ ।
प्रचुर पोषक तत्व र विभिन्न औषधिय गुणको भएकाले आयुर्वेदिक विज्ञानमा यसलाई हजारौं वर्ष अगाडिदेखि प्रयोग गर्दै आइएको पाइन्छ ।

हालैका वर्षहरुमा यो वनस्पति बारेमा धेरैले चासो व्यक्त गर्न थालेका छन् र यसको नियमित सेवन गर्ने मानिसहरु पनि बढेका छन् । तर, अहिलेसम्म वैज्ञानिकहरुले यो वनस्पतिको धेरै स्वास्थ्य फाइदाहरु मध्ये केहीको मात्रै अध्ययन गरेका छन् ।

यो रुखको पात, फल लगाएत प्राय सबै भागहरु सेवन गर्न मिल्छ । यसलाई परम्परागत आयुर्वेदिक उपचारमा औषधिको रुपमा प्रयोग गरिन्छ ।

पश्चिमा देशहरुमा यसको सुकाइएको पातलाई सप्लिमेन्टको रुपमा धुलो र क्याप्सुलको रुपमा बिक्रि गरिन्छ ।

यहाँ हामीले वैज्ञानिक अध्ययनबाट पुष्टि भैसकेका मोरिङ्गा ओलिफेराको ६ स्वास्थ्य फाइदाहरु प्रस्तुत गरेका छौं । नियमित रुपमा मोरिङ्गाको सेवनले यस्ता फाइदा पाइन्छन् ।

प्रचुर मात्रामा पोषक तत्व

विशेषगरि मोरिङ्गाको पात र फलको सेवन गर्ने गरिन्छ । मोरिङ्गाको पात धेरै भिटामिन र मिनरल्सको उत्कृष्ट स्रोत हो ।

यसको एक कप ताजा पात ९२१ ग्राम०मा पाइने पोषकतत्वहरु यसप्रकार छन्ः

प्रोटिनः २ ग्राम

भिटामिन बी६ः १९ प्रतिशत आरडिए

भिटामिन सीः १२ प्रतिशत आरडिए

आइरनः ११ प्रतिशत आरडिए

रिबोफ्लेबिन बि२ः ११ प्रतिशत आरडिए

भिटामिन ए ९बेटा क्यारोटिन०स् ९ प्रतिशत आरडिए

म्याग्नेसियमः ८ प्रतिशत आरडिए

पातसँग तुलना गर्दा फलमा अलि कम भिटामिन र मिनरल्सहरु हुन्छन् तर त्यसमा भिटामिन सी भने प्रसस्त पाइन्छ । एक कम ताजा काटिएको फल ९१०० ग्राम०मा दैनिक चाहिने भिटामीन सीको १५७ प्रतिशत पाइन्छ ।

विकासशील राष्ट्रमा मानिसहरुको आहारमा भिटामिन, मिनरल्स र प्रोटिनको कमी हुन्छ । यी देशहरुमा मोरिङ्गा ओलीफेरा धेरै अत्यावश्यक पोषक तत्वको लागि महत्वपूर्ण स्रोत हुन सक्छ ।

तर, मोरिङ्गा ओलिफेराको एक बेफाइदा पनि छ । मोरिङ्गाको पातमा उच्च स्तरमा एन्टिन्युट्रिएन्ट्स पनि हुन्छ जसले हाम्रो शरीरको खानाबाट खनिज र प्रोटिन सोस्ने क्षमतालाई कम गर्छ ।

त्यस्तै सोच्नुपर्ने अर्को कुरा पनि छ त्यो हो मोरिङ्गा ओलिफेराको सम्पिमेन्ट्स क्याप्सुलमा धेरै पोषण पाँइदैन ।

मोरिङ्गामा भरपुर एन्टिअक्सिडेन्ट पाइन्छ

एन्टिअक्सिडेन्ट त्यस्ता तत्वहरु हुन् जसले शरीरमा भएका फ्रि रेडिकलको विरुद्धमा काम गर्छ ।

उच्च स्तरको फ्रि रेडिकल्सले अक्सिडेटिभ स्ट्रेस उत्पन्न गराउँछ जुन मुटुरोग र टाइप २ डायबिटिज जस्ता घातक रोगहरुसँग जोडिएको हुन्छ । विभिन्न एन्टिअक्सिडेन्ट प्लान्ट तत्वहरु मोरिङ्गा ओलिफेरामा पाइन्छ ।

भिटामीन सी र बेटा क्यारोटिनमात्रै होइन यसमा क्वेरसेटिन, क्लोरोजेनिक एसिड पनि पाइन्छ ।

महिलाहरुमा गरिएको एक अध्ययनका अनुसार तीन महिनासम्म दैनिक १।५ चम्चा मोरिङ्गाको धुलो सेवन गरेमा रगतमा एन्टिअक्सिडेन्ट लेभल बढ्छ ।

मोरिङ्गाको पातलाई फुड प्रिजरभेटिभको रुपमा पनि प्रयोग गरिन्छ । यसले अक्सिडेसन घटाएर मासु धेरै दिन सम्म ताजा राख्छ ।

मोरिङ्गाले ब्लड सुगर लेभल घटाउँछ

रगतमा सुगरको स्तर बढ्नुलाई गम्भिर स्वास्थ्य समस्याको रुपमा लिइन्छ । यो डायबिटिजको प्रमुख कारण हो । त्यस्तै रगतमा सुगरको स्तर बढेमा मुटुरोग लगायत अन्य विभिन्न गम्भिर स्वास्थ्य समस्याहरु निम्तिन सक्छ । त्यसैले हामीले आफ्नो रगतमा सुगरको स्तर स्वस्थ अनुपातमा कायम गर्नुपर्छ ।

विभिन्न अध्ययनहरुका अनुसार मोरिङ्गा ओलिफेराले रगतमा सुगरको स्तरलाई कम गर्छ । वैज्ञानिकहरुले यो प्रभाव मोरिङ्गामा पाइने इस्थियोसाइनेट्स नामको तत्वको कारणले हुने बताउँछन् ।

मोरिङ्गाले सुन्निन कम गर्छ

कुनै चोट वा संक्रमणको कारण हाम्रो शरीर सुन्निने गर्छ । खासमा सुन्निनु भनेको एक शरीरको अत्यावश्यक सुरक्षण संयन्त्र हो तर लामो समयसम्म सुन्निरह्यो भने यो एक गम्भिर स्वास्थ्य मुद्दा बन्छ ।

धेरै लामो समयसम्म शरीर सुन्निएमा विभिन्न घातक रोगहरु लाग्ने सम्भावना हुन्छ । विभिन्न फलफूल, सागसब्जीहरु र मसलाहरुमा एन्टी इन्फ्लामेटरी प्रोपर्टी हुन्छ ।

त्यस्तै मोरिङ्गाको पात, फलमा पाइने इस्थियोसाइनेट्समा जीउ सुन्निएको निको पार्ने तत्व अझै बढी हुन्छ ।

मोरिङ्गाले कोलेस्टेरोल कम गर्छ

कोलेस्टेरोल उच्च भएमा मुटुरोगको जोखिम बढि हुन्छ । विभिन्न किसिमका सागसब्जीको सेवनले कोलेस्टेरोल कम गर्छ । त्यसैगरि मोरिङ्गा ओलिफेराको नियमित सेवनले पनि कोलेस्टेरोल कम गर्छ ।

मोरिङ्गा ओलीफेराले आर्सेनिकबाट बचाँउछ

खाना र पानीमा आर्सेनिकको संक्रमण विश्वका विभिन्न भागहरुमा ठूलो समस्याको रुपमा रहेको छ । विभिन्न किसिमका चामलमा उच्च स्तरमा आर्सेनिक पाइन्छ ।

लामो सयमसम्म उच्च स्तरको आर्सेनिकसँग सम्पर्कको कारण मानिसमा विभिन्न स्वास्थ्य समस्याहरु देखापर्छ ।

मुसामा गरिएको एक अध्ययनबाट मोरिङ्गाको गेडाले आर्सेनिकको विषाक्त प्रभावलाई कम गर्ने कुरा पत्ता लागेको छ स्रोत ः स्वाथ्य खबर

VIEWS: 1031