कृषि पढेकालाई व्यावसायि बन्ने अवसर

Thursday, October 1st, 2020 |

 

काठमाडौँ १५ असोज

तपाई कृषि विषय अध्ययन गरेर जागिर खोज्दा हैरान हुनुहुन्छ, अब यस्तो हैरानी नगर्दा हुन्छ, किनभने अब तपाई आफै व्यावसायि बन्ने अवसर मिलेको छ ।
विगत २० वर्ष देखी नेपाली कृषि क्षेत्रमा किसानको समस्या समाधानको विधिहरु सहित गुणस्तरिय कृषि समाग्रीहरु आपुर्तिगर्दै आएको कर्मा ग्रुप अफ कम्पनिले कृषि विषयमा स्नातक गरेका
युवाहरुलाई व्यावसायि बनाउने नयाँ ढोका खोलेको छ ।
नेपाली कृषि क्षेत्रमा विगत वर्ष देखी बिउ, मल, विषादी, खाद्यतत्वहरु सहित विभिन्न नयाँ प्रविधि भित्रा¥याउदै आएको कर्मा ग्रुप अफ कम्पनिले सञ्चालन गरेको कर्मा कृषि केन्द्र अन्र्तगत रहि सात वटै प्रदेशमा फ्रेन्चाइज मोडलमा कृषि व्यावसायि बन्ने ढोका खुलेको हो ।

नेपाली कृषि क्षेत्रलाई सहि अर्थमा व्यावसायिक बनाउन र दक्ष व्यक्तिहरु सहित किसानलाई नै प्राविधिक बनाउने अभिप्रायले यस प्रकारको कामको थालनी गर्न लागिएको कम्पनीका प्रबन्ध निर्देशक सुरेश गुरुङले जानकारी दिनुभयो ।
कर्मा कृषि केन्द्र एउटा यस्तो मोडल हो जहाँ हाल एग्रोभेटले प्रदान गर्दै आएको कृषि समाग्रीहरु सहित दक्ष व्यक्तिहरुबाट किसानले सहि प्राविधिक परामर्श पाउँछन् । स्मररण रहोस् हाल नेपालमा ७० प्रतिशत किसान प्राविधिक समस्या समाधानको लागि एग्रोभेटमा नै भर पर्ने गरेको सरकारी तथ्यांक छ ।

थप जानकारीका लागि
कर्मा ग्रुप अफ कम्पनि
[email protected]

VIEWS: 2383