भाङ खेतीमा लागेको प्रतिबन्ध खुलाउन संसदमा आवाज उठ्यो

Wednesday, September 30th, 2020 |

 

कास्की १४ असोज

भाङ खेतीमा लागेको प्रतिबन्ध खुलाउन गण्डकी प्रदेश सभामा एक संसदले माग गरेका छन् ।

प्रदेश सांसद मणिभद्र शर्मा कँडेलले सदियौंदेखि नेपालमा यसको खेती हुँदै आए पनि कानुनी रुपमा बर्जित भएका कारण किसानहरु समस्यामा परेको भन्दै प्रतिबन्ध खुलाउन माग गरेका हुन् ।

प्रदेश सभाको मंगलबारको बैठकमा विशेष समय लिएर कांग्रेस सांसद शर्माले भने, ‘भाङको बोटबाट निस्केको लोकताबाट कपडा, र भाङबाट तेल र आयुर्वेदिक उत्पादन गर्न सकिन्छ, यसलाई प्रतिबन्ध होइन, खुला गरिनुपर्छ ।’

नेदरल्यान्ड लगायत मुलुकले भाँगोबाट धेरै औषधी बनाएको उदाहरण दिदै उनले पूर्वीय ऋषिमुनि र आयुर्वेदका बेत्ताहरुले यसको महत्वबारे पत्ता लगाइसकेको बताए ।

विदेशीहरुको इशारामा नेपालमा उक्त खेती प्रतिबन्धित गरिएको भन्दै उनले गण्डकी प्रदेशका पहाडी जिल्लामा बाँझो रहेको जमिनमा भाङ खेती गरी किसानको जीवनस्तर उकास्ने काम गर्न प्रदेशसरकारसँग आग्रह गरेका छन् ।

VIEWS: 1024