किसानले प्रति कोसा ३ रुपैँया पाउँदा बजारमा १० रुपैँया कसरी ?

Monday, September 21st, 2020 |

 

चितवन ५ असोज

चितवनको आफ्नो बारीबाट प्रति कोसा तीन रुपैयाँमा बिक्री गरेकी सुुशिला अधिकारी स्थानीय बजारमा आफू केरा किन्न जाँदा प्रतिकोसा १० रुपैयाँमा खरिद गर्नुपरेको गुनसो गर्छिन् ।

उनी त एक प्रतिनिधि पात्र हुन् अहिले बन्दाको बाहानामा यसैपनि समस्यामा परेका किसानलाई अझ समस्यामा पार्ने काम भैरहेको छ । देशभरबाट किसानले उत्पादन गरेको कृषि उपज खरिद गरि त्यसको चौब्बर मुल्य भन्दा बढी लिइ बिक्री गर्नेहरुको सञ्जालनै तयार भएको छ । काठमाडौँका एक फलफूल व्यापारीले ७५ हजारमा खरिद गरि ल्याएको एक गाडि केराबाट नाफा मात्रै ९३ हजार उठाएको गर्भका साथ व्यक्त गर्छन् तर किसान र उपभोक्ता विचको यो खडल पुर्ने संयन्त्र भने आज सम्म कम्जोर नै बनेको छ ।
भरतपुर महानगरपालिका–२६ भगडीमा १० बिघामा सुशिलाको पौलमी कृषि फार्म छ । त्यहाँको चार बिघामा चार हजार घरी केरा अहिले बिक्रीयोग्य भएको छ ।

आफ्नो बारीबाट व्यापारीले प्रतिकोसा रु तीनमा उठाउने गरेको उनी बताउँछन् । भारतको केरलाबाट झिकाइएको उच्चस्तरको बेर्ना लगाएको उहाँको भनाइ छ । पानीका कारण थप पाँच बिघामा लगाएको केरामध्ये ७५ प्रतिशत नष्ट भएको छ । यो पीडा हुँदाहुँदै बिक्रीयोग्य केराले पनि बजार मूल्य नपाउँदा आफू जस्ता कृषक मारमा परेको उनको गुनासो छ ।

जिल्लाका स्थापित केरा कृषक लक्ष्मण सुवेदी पनि आफूहरु बिचौलियाको मारमा परेको गुनासो गर्छन् । बारीबाट प्रतिकोसा तीन रुपैयाँ देखि चारमा बिक्री गरेको केरा उपभोक्ताले आठ रुपैयाँसम्म यहीँको बजारमा किन्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । जिल्लाभरमा उनको मात्र ७५ बिघामा केराखेती लगाइएको छ । भरतपुरको गौरीगञ्जबाट थोक मूल्यमा उपभोक्तालाई केरा बिक्री गरेको उनले बताए । उनले भने, “मण्डी, खुद्रा व्यापारी हुँदै उपभोक्तामा पुग्दा धेरै महँगो भएपछि मैले फार्मबाट पनि खुद्रा बेच्न थालेँ ।” आम कृषक र उपभोक्ता बिचौलियाको मारमा परेको सुवेदीको भनाइ छ । सुवेदी २१ वर्षयता यहाँ धेरै केराखेती गर्ने कृषकका रूपमा परिचित छन् ।

चितवन केरा उत्पादक सङ्घका अध्यक्ष घानाथ महतो केरा बारीबाट प्रतिकोसा डेढदेखि चार रुपैयाँसम्ममा बिक्री हुने गरेको भए पनि उपभोक्ताले दोब्बरभन्दा बढी तिरेर किन्नुपर्ने बाध्यता रहेको पीडा पोख्छन् । “जमानादेखि हामीले पीडा पोख्दै आएका छौँ । कसले सुनिदिने”, उनले भने, “दुःख कृषकको तर नाफा बिचौलियालाई मात्र भयो ।” जिल्लामा केराखेती गर्ने कृषकको सङ्ख्या ७०० भन्दा धेरै रहेको छ । तीन हजार बिघाभन्दा बढीमा केराखेती गरिएको छ । एक बिघामा केराखेती गर्न करिब चार लाख खर्च हुन्छ । उनका अनुसार एक बिघामा एक हजार ६०० बोट लगाइन्छ । एउटा बोटमा ८० देखि १०० कोसा केरा फल्ने गर्दछ ।

अहिले बजारमा लुकीछिपी भारतीय केरा आइरहेकाले यहाँको केरा बिक्री कम भएको कृषक बताउँछन् । देशका विभिन्न जिल्लामा लकडाउन र निषेधाज्ञा हुँदा केराको खपत कम हुँदै गर्दा बिचौलियाको मनोमानी अझ बढेको संघका अध्यक्ष महतोको भनाइ छ । स्रोत ः रासस

VIEWS: 519