जँगलमा पाइने गुर्जो कोरोनासँगै ५ सय देखी २ हजार रुपँैया प्रति केजीमा विक्री हुदै

Wednesday, September 2nd, 2020 |

 

काठमाडाँै १७ भदौ
विश्वभर बढ्दै गएको कोरोना भाइरसको महामारीका बीच यसको खोप नवनि सक्दा सम्म मानिसको प्रतिरक्षाशक्ति मजबुत बनाउने विभिन्न जडिबुटीको खोज तथा अनुसन्धान हुदै आएको छ । यस बिच भारतका योग गुरु स्वामी रामदेवले परम्परागत रुपमा खासै चर्चामा नरहेको नेपालको तराई देखी पहाड सम्म पाइने गुर्जोको प्रयोगले कोरोनासँग लड्ने क्षमतामा बृद्धि गर्दछ भने सँगै, नेपालमा पनि यसको प्रयोगले व्यापकता पाएको छ ।
परम्परागत रुपमा गाउँघरमा ज्वरो आएको समयमा मानिसहरुलाई त्यसको लहरा थिचेर औषधिको रुपमा सेवन गरिदै आएको तथा गोरुलाई बर्खाको समयमा जोत्ने कार्यमा धेरै प्रयोग गरेपछि छिट्टै स्फुर्ति आओस भन्नका लागि यसको लहरालाई थिचेर पानि खुवाउने गरिन्थ्यो । तर कोरोनाको महामारीले हामिले हेला गर्दै आएको जडिबुटी गुर्जोको महत्व र प्रयोगलाई व्यवसायिक रुपमा नै विस्तार गरेको छ ।
आर्युवेदशास्त्रमा यसलाई अमृता अर्थात् अमृत लहरा समेत भनेने र १ सय भन्दा धेरै रोगहरु यसको प्रयोगले निको हुने आर्युवेद विज्ञहरु बताउँछन् । न्यू लाईफ आयुर्वेद हस्पिटल सामाखुसीका आर्युवेद चिकित्सक दिपेन देवकोटा यसको प्रयोग मुख्य रुपमा जीर्ण ज्वरोमा हुने र यस सँगै दाह, मधुमेह, छाला रोग, कामला(जन्डिस), खोकी, चिसो लाग्ने आदीमा धेरै राम्रो रहेको बताउनुहन्छ । आयुर्वेदका शास्त्र अनुशार यसलाई रसायनको(एन्टी एजिङ) रुपमा प्रयोग गर्न सकिने उहाँले जानकारी दिनुभयो । यसका साथै यसले हाम्रो शरिरमा रहेको नकारात्मक टक्सीनलाई निस्कासन गर्ने तथा पित्तलाई सन्तुलीत राख्ने भएकाले यसलाई धेरै रोगहरुको निदानका लागि प्रयोग गर्न सकिने डा देवकोटाको भनाई छ ।

मुख्य औषधी यसको लहरा बजारको माग बढेसँगै व्यावसायिकरण
हाल कोरोना भाइरसको माहामारीले सारा विश्वलाई आतंकित बनाइरहेको अवस्थामा नेपाल र भारतमा गुर्जोको प्रयोगले यो भाइरस सँग लड्ने क्षमता बृद्धि हुन्छ भन्ने आयुवेद विज्ञहरुको भनाइ सँगै यसको महत्व र प्रयोगले व्यावसायिक उत्पादन र बजारीकरण सम्म पु¥याएको छ । तराईको जंगल देखी पहाडका जंगलहरुमा समेत यत्र तत्र पाइने गुर्जो, जसलाई आजभन्दा धेरै वर्ष पहिले देखी नै औषधीको रुपमा प्रयोग गरिदै आइएको थियो तर यसको प्रयोग ज्यादै कम मात्रामा रहेको आर्युवेद विज्ञहरु नै बताउँछन् ।
कोरोना महामामरी सँगै यसको प्रयोगले व्यापकता पाएपछि यसको लहरा प्रति केजी ५ सय रुपैयामा र लहराबाट तयार गरिएको धुलो २ हजार रुपैया प्रति किलोमा विक्री हुन थालेको छ । काठमाडौको समाखुसीमा रहेको न्यू लाईफ आर्युवेद हस्पिटलले बजारको माग सँगै यसको विरुवा, २ सय देखी ३ सय रुपैया प्रतिगोटा र यसको लहरा ३ सय देखी ५ सय रुपैँया प्रति केजीमा विक्री गर्दै आएको हस्पिटलका प्रबन्धक विक्रम खड्काले जानकारी दिए ।

के हो त गुर्जो ?
आयुर्वेदले गुर्जाेलाई रसायन वर्गमा राखेको भए पनि यो एउटा बहुगुणी वनस्पती हो। यसैलाई हिन्दीमा गिलोय र संस्कृतमा गुडुची (नसड्ने न नगल्ने अर्थमा) तथा अमृता वा अमृतावल्ली पनि भनिन्छ। तराई–मधेशतिर यसलाई गुरुजलत्ती भन्ने गरिन्छ। अंग्रेजीमा यसलाई ज्भबचत(ीभबखभम ःययलकभभम भनिएको पाइन्छ। यसको ल्याटिन नाम टिनोस्पोरा कोर्डियोफोलिया हुन्छ।
परिचयः
गुर्जो उत्तर—पूर्र्वी भारत, श्रीलङ्का, म्यानमार , थाइल्याड ,भियतनाम। दक्षिणी चीन, मलेसिया लगायत नेपालमा पाइन्छ। नेपालमा यो ३००—१२०० मिटरसम्मको उचाइमा पूर्वदेखि पश्चिमसम्म पाइन्छ।

यो एउटा लहरेदार पतझर विरुवा हो। यसको लहरा मोटो र गुदीदार हन्छ। यसका आँख्लाहरूबाट जरा निस्केर हावामा लहरिएका हुन्छन् । यसको बोक्रा कागज जस्तो पातलो हुन्छ र बोक्रामा सेता ग्रन्थीका थोप्ला थोप्लाले भरिएको हुन्छ। यसका पातहरू एकपछि अर्को हुँदै गएका हुन्छन् र भेट्नुदार हुन्छन् । पातहरू मुटु आकारका ७—८वटा नशाहरू भएका करीब १० से।मी लामा हुन्छन्। यसका फलहरू आँख्लाबाट लामो लहरेदार भागमा फल्दछन्। भाले फूलहरू झुप्पामा रहन्छन् भने पोथी फुलहरू एक्लाएक्लै रहेका हुन्छन्।्् फलहरू गुदीदार हुन्छन्, आकारमा अण्डाकारका र केराउका दाना जत्रा हुन्छन् र पाकेपछि राता हुन्छन् ।

उपयोगः
वनस्पतिविज्ञ तथा आयुर्वेदिक चिकित्सकले हालको महामारी रोग कोरोना सँग लड्न रोग प्रतिरोध क्षमता बढाउन नेपालमै पाइने जडीबुटी गुर्जोको प्रयोग गर्नुपर्ने सुझाव दिएका छन् ।
गुर्जो नेपालमा पाइने महवत्पूर्ण जडीबुटीे हो । गाउँघरतिर गुर्जोेको लहराका नामले यो चर्चित छ । बहुऔषधीय गुणले भरिपूर्ण यो लहरा नेपाली ग्रामीण भेगमा ज्वरो, रुघोखोकी र चिसोमा लाग्ने बाथलगायत अन्य अधिक रोगको औषधिका रूपमा प्रयोग गरिन्छ ।साथै विभिन्न खालको एलर्र्जी, चर्मरोग, पेट रोगमा रामवाण मानिन्छ । पछिल्लो समय मधुमेह, क्यान्सरसम्मका लागि पनि यसको औषधीय गुणको महत्व रहेको आयुर्वेद चिकित्सक दाबी गर्छन्

खेती विधिः
यो जस्तो सुकै माटोमा पनि हुर्कन सक्छ। खासगरी गर्र्मी ठाउँहरूमा राम्ररी हुर्कन्छ।

वेर्ना तयार गर्नेः
हाँगाको कलमीबाटः डाँठका कलमीबाट नै यसका विरुवाहरू तयार गरिन्छन् । यसका आँख्ला सहितका करीब एकफिट जति लामा हाँगा काटेर माटो र वालुवा मिसाएको ड्यांगमा रोपेर नर्सरीमा विरुवा तयार गर्न सकिन्छ। फागुन र चैत्रतिर यसरी हाँगाहरू काटेर अलिकति भाग जमीन माथि पारेर सुताएर राखिन्छ र पानी दिइन्छ। पानी जम्नु हुदैन किनकि यसको काण्ड गुदीदार हने भएकाले कुहिने डर रहन्छ। यसरी नर्सरीमा राखिएका विरुवाहरू असार श्रावणमा सार्न तयार हुन्छन्।् यसका हाँगाहरू सोझै जमीनमा गाडेपनि हुन्छ, यसरी सार्दाको समय असार र श्रावण उचित समय मानिन्छ।

वीउबाटः यसको फलहरू असोज मंसीरमा पाक्दछन्, पाकेका राता फलहरू टिपेर बाहिरी गुदी हटाएर केही दिन राम्ररी सुकाएर वीउहरू नर्सरी व्याडमा छरेर वेर्ना तयार गर्न सकिन्छ। संकलन गरेको तत्कालै वीउ छरेपनि हुन्छ। अथवा संकलित वीउलाई राम्ररी भण्डारण गरेर फागुन र चैत्रतिर उमारेर पनि वेर्ना तयार गर्न सकिन्छ।

वेर्ना सार्नेः
नर्सरीमा तयार गरिएका वेर्नाहरूरुखहरूको फेदमा लगाइन्छ। किनकि यो रुखको सहारामा हुर्कने लहरेदार विरुवा हो । निमको फेदमा हुर्के बढेको गर्जोलाई राम्रो मानिन्छ ।

हेर विचारः
लगाइएको पहिलो वर्षमा सिँचाई तथा झारपात उखेल्ने गर्नु पर्दछ भने पछिल्ला वर्षहरूमा त्यति हेर विचारको खाँचो पर्दैन।
स्रोत ः विभिन्न वनस्पति तथा आर्युवेद विज्ञहरु सँगको सहकार्यमा

VIEWS: 1236