१ किलोको डेढ लाख पर्ने तरकारी !

Friday, September 11th, 2020 |

 

काठमाडा््ैँ २६ भदौ
हामिले भान्सामा प्रयोग गर्ने तरकारी प्रति के.जी कति सम्म हुन्छ होला ? सामान्यतया हामि १ सय देखी १ हजार रुपैँया सम्मको तरकारीको मुल्य सुन्दै र प्रयोग गर्दै आएको छौ । तर के तपाईलाई थाहा छ विश्वमा एउटा यस्तो तरकारी पनि छ जसको मुल्य प्रति किलो १ लाख ५० हजार रुपैँया पर्छ । यसो भन्दा तपाईलाइ पत्यार नलाग्न सक्छ । सोही कारण यो तरकारी विश्वकै सबैभन्दा महँगो तरकारी बनेको छ ।

यो तरकारीको नाम ‘हप शुट्स’ हो । उक्त तरकारीको बोटमा लाग्ने फूललाई ‘हप कोन्स’ भनिन्छ । सोही फूललाई बियर बनाउन प्रयोग गरिन्छ । बोटको बाँकी भागलाई तरकारी वा सलादको रुपमा खाइन्छ । यो तरकारी यति धेरै महँगो हुनाका कारण कुनै तरकारी बजार वा सुपरमार्केटमा सायदै पाउन सकिन्छ ? ।

हप शुट्स औषधीय गुणले भरिपूर्ण हुन्छ भनिन्छ । सोही कारण त्यसको प्रयोग जडीबुटीको रुपमा पनि हुने गर्दछ । मानिसहरु यसलाई काँचै पनि चपाउने गर्दछन् । यसको औषधीय गुणको पहिचान शदियौँ अघि नै भएको हो । इस्वी सम्वत् ८०० को आसपास मानिसहरुले यसलाई बियरमा मिलाएर पिउँदथे । त्यो सिलसिला अहिलेसम्म पनि चलिरहेको छ ।

सबैभन्दा पहिले यो वनस्पतीको खोज उत्तरी जर्मनीमा भएको थियो । त्यसपछि यसको प्रयोग विस्तारै पूरै विश्वमा नै फैलियो । १८ औँ शताब्दीमा बेलायतले त यो वनस्पतीमाथि कर समेत लगाएको थियो भने बियर बनाउँदा यो वनस्पती अनिवार्य रुपमा प्रयोग गर्ने नियम बनाइएको थियो ।
स्रोत ः एजेन्सी

VIEWS: 978