धेरैले हेला गर्ने कर्कलो पाँच तारे होटलको मेनुमा चल्छ

Friday, August 7th, 2020 |

 

 

काठमाडौँ २३ साउन
कर्कलो गाउँघरमा सहजै पाइने एक प्रमुख कन्दमुल तरकारी हो। यो प्राय नेपालका सबैजसो ठाउँमा पाइन्छ। कर्कलोको वैज्ञानिक नाम कोलोकेसिया एस्क्युलेन्टा हो।कर्कलो वनस्पती जगतमा पर्ने फूल फुल्ने सब्जी हो। यो सब्जी एरासी कुलको कोलोकेसिया बंशमा पर्छ। यसको गानोलाई अंग्रेजीमा कोलोकासिया र पातलाई तारो लिफ भनिन्छ। भारतीयहरुले यसलाई अर्बी भनेर चिन्छन्।

पिंडालु एक प्रकारको कन्दमुल हो। कर्कलो अथवा कच्छु एक प्रकारको पिंडालु जस्तो कन्दमुल हो, जुन स्वास्थ्यका हिसाबले निकै पोसिलो मानिएको छ। प्रशस्त मात्रामा सल्फर, एमोनिया, नाइट्राइट, जिंक आदि पाइने कर्कलो केही नफल्ने सेब्जिलो जग्गामा पनि मज्जाले खेती हुने कन्दमुलरतरकारी हो। नेपाल मात्र नभई विश्वका धेरै देशमा यो सब्जी किन्न पाइन्छ। क्याल्सियम अल्जालेट पर्याप्त पाइने यो सब्जीमा म्याग्नेसियम, युरिक एसिड र केही प्रतिशत सिस्टिन समेत पाइन्छ।

कर्कलोको धार्मिक रुपमा पनि ठूलो महिमा छ। ॠषि पञ्चमीका दिन बिहान पूजाआजा गरेपछि कर्कलोको तरकारी र भात खाने प्रचलन छ। समयसमयमा कर्कलो खाने गर्नाले रक्तअल्पता हुनबाट पनि जोगिन्छ।

नेपालमा कर्कलोलाई एक निम्न स्तरको सब्जी मानिन्छ र यो कम तरकारी खाने वर्गमा पर्दछ । बारीमा जताततै हुँदा पनि यसको महत्व नबुझ्दा त्यत्तिकै सुकेर गएको हुन्छ। पकाउन नजान्दा कोक्याउने हुँदा पनि मानिसले अपहेलना गरेको हुनुपर्छ। महत्व बुझ्न सके र विभिन्न परीकार बनाउन जाने यसलाई एक डाइनामिक सुपर फुडको रुपमा लिन सकिन्छ ।

क्याल्सियम अक्सलेट तत्वका कारण यसमा केही मात्रा विषादी पदार्थ हुने हुँदा जोकोहीले खान नमानेको पनि हुनसक्छ। तर ओइलाएर खाँदा या ८ देखि १० घण्टा तातोपानीमा डुबाएर तरकारी पकाउँदा यसमा भएको विष स्वतस् मर्छ।

भिटामिनले भरिएको कर्कलो, यसको गानो र पातबाट नै यावत् परिकार बन्छन्। कर्कलो नियमित सेवनले शरीरको वजन घटाउन, मुटुसम्बन्धी समस्या कम गर्न, डाइबिटिज हुनबाट बच्न, हाइपरटेन्सन कम गर्न निकै उपयोगी मानिएको छ। त्यति मात्र नभई इम्युनिटी पावर ९रोग प्रतिरोधात्मक शक्ति० बढाउन,क्यान्सरबाट बच्न,स्वस्थ आँखाको लागि, खाना पचाउन, उच्च रक्तचाप सन्तुलन गर्न, नर्भसनेस हटाउन, भ्रुण बचाउन, हड्डी मजबुत बनाउन, छालाको सुरक्षा गर्न यो वनस्पती अति नै उपयोगी साबित भएको छ। महिलाको लागि त झन् कर्कलो नियिमत नै दिँदा राम्रो हुन्छ।

नजिकको तीर्थ हेला भनेझैं यो सब्जीलाई सबैले अपहेलना गरेका छन्। तर कर्कलोको तरकारी ५ तारे होटलको मेनुमा पनि समावेश हुन्छभन्दा तपाईंलाई अचम्म लाग्ला१ यो सब्जी प्रयोग गरेर नेपाली खाना, यसको गानो हालेको मासको दाल निकै स्वादिलो र स्वास्थ्यवर्धक हुन्छ। विदेशीले पनि पिँडालु हालेको मासको दाल निकै चाख मानेर खान्छन्। यसले दाललाई चिप्लो मात्र बनाउँदैन, एक किसिमको छुट्टै स्वाद थपिदिएको हुन्छ। अझ सो दाललाई नेपाली घ्युमा जिम्बु झानेमा अति नै उत्तम हुन्छ।

कर्कलोको पातमा मासको लेदो हालेर बेरी बाफ ९स्टिम० मा बफ्याएर चिसो पारी काटेर तारेर तरकारी बनाउँदा पनि अति नै स्वादिष्ट हुन्छ र यो खाना काठमाडौंका नेवार समुदायमा निकै लोकप्रिय छ। कर्कलोको पातमै बेसनमा मसला मिसाएर बेरेर बफ्याई पकौडा बनाएर खाँदा पनि राम्रो स्न्याक्स बन्छ। यो भारतको निकै प्रसिद्ध डिस हो।

कर्कलोको परिकारमा कागतीको रस ९सिट्रस० हाल्नाले राम्रो स्वाद दिनुका साथै कोक्याउँदैन। नेवारी समाजमा कर्कलोको डाँठलाई केलाएर ओइलाई मसला र कागती मोलेर सिसीमा खाँदेर अचार बनाइन्छ र यसलाई नेवारहरु सलचा भन्छन्। यो परिकार कीर्तिपुरका नेवारी समाजमा निकै प्रसिद्ध छ। यिनीहरुले भोयस्९भोज० मा अचारको रुपमा र अइला ९रक्सी० सँग सितनको रुपमा पनि मिठो मानेर खाएको पाइन्छ।

विदेशतिर कर्कलोका विभिन्न सुप, सलाद जस्ता स्वस्थकर खाना तयार गरिन्छ। कर्कलोमा हुने क्याल्सियम अक्जालेट क्रिस्टलले गर्दा मानिसलाई कोक्याउँछ। नकोक्याउने बनाउँदा शरीरलाई हानि गर्ने यसको अक्जालेटको सेफ लेभलमा झरिसकेको हुन्छ।

अर्बी करी,अर्बी मसला, अर्बी लिफ रोल्ल करी, सबुत अर्बी, तली हुइ अर्बी, कर्कलो कबाब, अर्बी घोस्ट मसला, अर्बी सिमला मिर्च, आंध्रा चमा डम्पा, मुग्लाई दम अर्बी, अर्बी परठा, टमाटर प्याज वाली अरबी की सब्ज़ी, मुल्तानी काली अरबी, बेसन अरबी रोस्ट, पंजाबी स्टाइल अरबी की सब्ज़ी, अरबी मसाला कसुरी मेथी,अरबी का साग, अर्बी झोल, अर्बीका अचार, अर्बी चिप्स, टमाटर वाली अर्बी, गुजराती अर्बी पत्र, अर्बी भाजी, अर्बी आलु भाडी, अर्बी उस्ली, कर्कलो रइता, डाखो, अर्बी पकोडा, केरा अर्बी मसला जस्ता कर्कलोबाट बन्ने सयौं भारतीय परिकार प्रसिद्ध छन्।

कर्कलोमा प्रशस्त आइरन पाइने हुँदा गर्भवतीका लागि उत्तम मानिन्छ। काटेको ठाउँमा रगत रोक्नका लागि पनि कर्कलोको डाँठको रस प्रयोग गरिन्छ र आयुर्वेदमा पनि यसको प्रयोग व्यापक गरेको पाइन्छ। छालामा रक्तसञ्चार नदेखिँदा इरिटेसनमार्फत रक्तनली खोली रातो पार्ने उपचारको प्रयोजनका लागि पनि कर्कलो उपयोगी मानिन्छ। स्रोत ः स्वास्थ खबर आरबी बुढाथोकी

VIEWS: 1330