कोरानाका कारण बजार पु¥याउन नसक्दा बोटमै कुहिन थाले आँप

Wednesday, August 5th, 2020 |

 

डोटी २१ साउन
विश्‍वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण यातायात तथा बजार व्यवसाय राम्रो सँग नखुल्दा जिल्लामा उत्पादन भएको आँप बोट मै कुहिन थालेका छन् । यातायात तथा बजार व्यवसाय नखुल्दा उत्पादन भएका कुषिजन्य वस्तु तथा फलफूल बारीमै कुहिन थालेका छन् ।

शिखर नगरपालिका वडा नम्बर २ मुडेगाउँ निवासी अमरबहादुर शाही एक सफल पर्यटन व्यवसायी हुन् । उनले सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पर्यटन क्षेत्रको विकासमा ठूलो योगदान दिनुका साथै नेपालका अन्य क्षेत्रमा रहेका पर्यटकीय स्थलहरुको समेत विकासका लागि काम गर्दै आइरहेका छन् । उनी पर्यटन विकासका साथै कृषि कर्ममा समेत सफल छन् ।

शाही अधिकांश समय काठमाडौंमा बस्दै आएपनि मुडेगाउँमा रहेको घरसँगैको करिब १० रोपनी जग्गामा आँप तथा लिची फलाउँदै आएका छन् । दशौं वर्षदेखि रोपेका सयौं बोटा आँप तथा लिचीले बजार नपाउँदा बारीमै कुहिन थालेका छन् । बारीमा फलेका आँप अरिङ्गाल, चरा, बादर तथा बँदेलका लागि आहारा बनेका छन् ।अहिले बारीमा अढाईरतीन सय आँपका रुखहरु छन् ।
सधैका वर्षमा काठमाडौंका बजारसम्म पुग्ने आँप यसपाली भने कोरोना महामारीका कारण यातायात बन्द भएकाले स्थानीय बजारमा समेत जान नसकी बारीमै कुहिन थालेको शाही बताउँछन् ।

छिमेकी गाउँबाट घरमै गएर आँप लैजाने बाहेक अन्य बजारमा जान सकेका छैनन् ।अहिले जिल्लाका प्रमुख व्यक्तित्वहरु प्रजिअ, सुरक्षा निकायका प्रमुख, न्यायधिशलगायत सञ्चारकर्मी बारीमै पुगेर आँपको स्वाद लिइरहेका छन् ।

तीन वर्षभित्र आँपको पकेट क्षेत्र बनाउने तयारी

डोटीलाई आँपको पकेट क्षेत्रको रुपमा विकास गर्ने सोच रहेको अमरबहादुर शाही बताउँछन् । तीन वर्षभित्रै डोटीलाई आँपको पकेट क्षेत्रका लागि योजनाका साथ काम सुरु भइसकेको उनले बताए ।

ुफलफूलको नर्सरीको काम पनि अगाडि बढेको छ, ुशाहीले भने, ुबाहिरबाट आँपलगायतका फलफूलका बोटाहरु ल्याउँदा आर्थिक भार पर्ने भएकाले डोटीलगायतका अन्य क्षेत्रका लागि मुडेगाउँमै बिरुवा उत्पादन गर्ने योजना रहेको छ ।ु

डोटीलाई आँपको पकेट क्षेत्रको रुपमा विकास गर्नका लागि आफू सोही ठाउँमा आएर बस्ने उनले बताए । ुअबका दिनहरु जन्मभूमीमै बिताउने योजना रहेकाले फलफूलका साथै तरकारी उत्पादन समेत सुरु गर्नेछौं, ु शाहीले भने, ुभारतबाट फर्केका युवाहरुलाई आत्मनिर्भरताका लागि कृषि तथा पशुपालनमा काम अगाडि बढाउने उनको योजना छ । स्रोत ः अन्नपूर्ण पोष्ट

VIEWS: 789