पाउण्डमा भन्दा कृषिमा लोभिएका दिदीभाई  

२०  वर्षको बेलायत बसाइ पछि स्वदेशमा

Monday, August 17th, 2020 |

 

 

कास्की १ भदौ

पोखरा महानगरपालिका वडा नं. ३२ कोखे   पूर्णीटारका विध्येश्वरी शाही  र ईश्वर शाही दिदीभाईलाई बेलायतको पाउन्ड स्टर्लिङले भन्दा नेपाली कृषि क्षेत्रले लोभ्याएको  ३ वर्ष भयो ।   भाई ईश्वर शाहीलाई आम  युवालाई झै बेलायतको रमझम र महँगो पैसाले धेरै तान्न सकेन, त्यसैले २०  वर्षको बेलायत बसाइ पछि स्वदेशमा नै केहि नयाँ काम गर्ने उद्देश्यले दिदी विध्येश्वरी सँग मिली  २०७५  साल बाट  एक करोड पचासलाखको लगानीमा सुरज पोल्ट्री तथा कृषीफार्म  दर्ता गरी  काम हुदै आएको छ ।  बाह्रहजार कुखुरा अट्ने कुखुराको खोर सहित  लोकलकुखुरा छोडेर पाल्ने खुल्ला ठाँउ,  तथा  ब्राख्रापालनको  लागि खोर सहित करिव २५ रोपनी क्षेत्रफलमा फैलिएको फार्ममा १० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

हाल कोराना माहामारीले गर्दा बजार कम्जोर भएकाले फार्ममा तीनहजार लयर्र्स कुखुरा,  ३०० लोकलकुखुरा, र  ३० वटा ब्राखापालन हुदै आएको छ ।  साथै आजभोलि निकै लोकप्रिय बन्दै गएको  बट्टाईपालन पनि यस फार्मले गर्न थालेको छ ।    फार्ममा दैनिक रुपमा सरदर  २८०० पिस कुखुराको अण्डा उत्पादन हुदै आएको फर्मका मेनेजर सुरेश के.सीले जानकारी दिए  ।

 

 

 

कोरोना महामारीका कारण  नियमिति रुपमा आपूर्ति  दाना लगायत चल्ला खरिदमा समस्या बढेकाले फार्म व्यवस्थापनमा  असहज भएको भएको फर्मकी सञ्चालीका विध्येश्वरी शाहीले गुनासो गरिन्  । उनका अनुसार कृषि क्षेत्रमा लाग्ने युवा जमातलाई प्रोत्साहन गर्ने किसीमको ठोस काम सरकारी स्तरबाट हुन नसकेकाले यस्तो समस्या आएको हो ।  भविष्यमा यस  फार्मलाई  कृषि पर्यटनको एक केन्द्रको रुपमा विकास गर्ने योजना रहेको पनि सञ्चालक ईश्वर शाही बताउँछन् । उनका अनुसार फार्मको जग्गामा रहेको मुलको पनि धेरै राम्रो भएकाले सो पनिलाई प्रशोधन गरि मिनरल वटर बनाउने काममा लगाउने समेत योजना रहेको छ ।

 

VIEWS: 2143