गुल्मीमा गत वर्षको तुलनामा ३० प्रतिशत कम सुन्तला उत्पादन

Tuesday, July 7th, 2020 |


पुष २५ काठमाडौ

गुल्मीमा यो वर्ष सुन्तला उत्पादनमा कमी भएको छ । जिल्लामा यस वर्ष २ हजार २ सय ५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।

जिल्ला कृषि बिकास कार्यालय गुल्मीका अनुसार यो वर्ष गत वर्ष भन्दा ३० प्रतिशतले सुन्तला उत्पादन कमी भएको जिल्ला कृषि बिकास कार्यालय गुल्मीका कृषि प्रसार अधिकृत रणबहादुर महतोले जानकारी दिए ।

जिल्लाका बिभिन्न गाविसहरुमा लगाइएको सुन्तला खेती मध्ये अहिले करिब ४० प्रतिशत सुन्तला टिप्न बाँकी रहेतापनि पछिल्लो संकलित बिवरण अनुसार उत्पादन बृद्धि घटेको हो । जिल्लामा गत वर्ष ३ हजार १ सय ३० मेट्रिक टन उत्पादन भएको थियो ।

जिल्लामा सुन्तला उत्पादन बृद्धिदर घटनुमा सुन्तला खेत तर्फ किसानहरु आकषिर्त भएपनि व्यवस्थित तरिकाले खेती नगर्नु र प्रयाप्त मात्रामा सिचाइँको सुबिधा नहुँदा उत्पादन घटेको कृषि कार्यालय गुल्मीले जनाएको छ ।

कृषकबाट बगैचा सुढृढिकरण, मल, किटनासक बिषाधि प्रयोग, बिरुवा काटछाट, हावाहुरीका कारण पनि उत्पादन घटेको हो ।

जिल्लामा उत्पादन सुन्तलाबाट ११ करोड भन्दा बढीको हुनेछ । अघिल्लो वर्षको तुलनामा ५ करोड वढी रकम बराबरको सुन्तला उत्पादनमा घाटा भएको हो ।

जिल्लामा उत्पादन भएको सुन्तला कृषकले हाल सरदर प्रतिकिलो ५० रुपयाँदेखि ८० रुपैयाँसम्म बिक्री गर्ने गरेका छन् । तर, बजारमा पाइने खुद्रा मूल्य भने १ सय रुपयाँदेखि १३० सम्म प्रतिकिलोको पर्ने गर्छ ।

जिल्लाका प्रायजसो सबै गाविसहरुमा सुन्तला खेती गरेतापनि व्यास्थित र सुन्तला उत्पादन को लागी व्यावस्थित मानिने गाविसहरु अर्लाङकोट, अर्बेनी, जयखानी, दिगाम, हर्दिनेटा, गौडाकोट, जुभुङ्ग, रेसुङ्गा नगरपालिका, पिपलधारा, हाडहाडे, नयाँगाउ, भनभने, धुर्कोट रजस्थल, धुर्कोट वस्तु, पुर्कोटदह, लगायतका गाविसहरुमा कृषकहरुले सुन्तला उत्पादन गर्दै आएका छन् ।

अन्य गाविसहरुमा सुन्तला खेती गरेतापनि उत्पादन र मौसमका हिसावले त्यति प्रर्‍याप्त नभएको जिल्ला कृषि बिकास कार्यालय गुल्मीले जनाएको छ ।

गुल्मीमा उत्पादन भएको सुन्तला ६५ प्रतिशत भन्दा वढी जिल्लामै खपत भएतापनि त्यो भन्दा बढी जिल्ला बाहिर पाल्पा,वुटवल, पोखरा, काठमाडौं लगायका मुख्य बजारमा बिक्री बितरणको लागि लगिने गरिन्छ ।

VIEWS: 524