मल बनाउन थालेका किसान रोकिए

Tuesday, July 7th, 2020 |
चितवन १४ जेठ पूर्वीचितवनको खैरहनी नगरपालिका वडा नं. १ मा उत्पादन भएको तरकारी बिक्रि गर्ने व्यवस्था नहुदा मल बनाउन परेको समाचार आएपनि सो काम लाई एक संस्थाले रोकेको छ । उपभोक्ता अधिकार मञ्च चितवनले ताजा तरकारी बिक्री वितरणको व्यवस्था नभइ मल बनाउनु पर्ने अवस्था आएकोमा दुःख व्यक्त गर्दै सो तरकारीको बजार व्यवस्थापन मिलाईदिने भएको छ । उपभोक्ता अधिकार मञ्च चितवनका वरिष्ठ उपाध्यक्ष लेखनाथ पौडेललेका अनुसार कृषकले बिक्री गर्न नसकेको तरकारीको न्यूनतम लागत मूल्य तिरेर मञ्चले उपभोक्ताहरुलाई वितरण गर्ने व्यवस्था मिलाउन लागेको छ । उनका अनुसार सकेसम्म बेच्ने व्यवस्था मिलाइदिनेछौं, बिक्री नभए हामी आफैंले किनेर उपभोक्ताहरुलाई निःशुल्क बाँड्नेछौं। यसका लागि मञ्चले सम्बन्धित कृषकलाई फोन सम्पर्क गरी सकेको र आजैदेखि वितरण अभियान शुरु गर्ने बताएका छन् । तरकारी बिक्री नभएपछि कृषकको खेतबारीमा काम गर्ने मजदुरहरुलाई दैनिक गुजारा चलाउन धौ धौ परेको छ । डेरामा बसेर कृषि मजदुरी गर्नेहरुलाई समेत राहतको व्यवस्था मिलाउने मञ्चका वरिष्ठ उपाध्यक्षले बताएका छन् । तरकारी संकलन केन्द्रमा बिक्री नभएर बोरामै आधा बिग्रिसकेको भिन्डीबाट कृषक लक्ष्मण चौधरीले कम्पोष्ट मल बनाउन थालेका हुन् । उपभोक्ता अधिकार मञ्च चितवनको प्रस्ताव बमोजिम न्यूनतम लागत मूल्यमै आफ्ना खेतको भिन्डी मञ्चलाई उपलब्ध गराउन कृषक चौधरी राजी भएका छन् । उनले एक बिघामा भिन्डी लगाएका छन् । त्यसमा एक दिन बिराएर लगभग ६ क्वीन्टल उत्पादन हुन्छ । यस क्षेत्रमा करीब ४० बिघामा भिन्डी र ९० देखि १०० बिघामा अन्य तरकारी खेती गरिएको ग्रामीण ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाका अध्यक्ष पूर्णदत्त भुसालले बताए ।स्रोत ः नारायणी अनलाईन
VIEWS: 427