सलहले मकैबाली सखाप पार्दै,सरकारी निकाय मुग्दर्शक

Monday, July 6th, 2020 |

 

अर्घखाँची २२ असार

सलहले देशका पहाडी जिल्लामा लाखौंको क्षति गरेको छ। तर यसको नियन्त्रणमा सरकारी निकायले भने खासै प्रभावकारी कदम चालेको देखिइको छैन ।

स्थानीयले भाँडा बजाएर बालीबाट लखेट्ने प्रयास गरेका छन्। रातिको समयमा सलह बास बस्ने र बिहानै बाली सखाप पारेको किसानले बताएका छन्। किसानलाई परेको यो समस्यामा कृषि ज्ञान केन्द्रका प्राविधिक हरु पनि थाल ठटाएर सलह भगाउने उपाय भन्दा अरु कुनै उपाय सुझाउन सकेका छैनन् । तराईबाट पहाड पुगेका सहलहले बढी क्षति गरेको छ। प्रदेश ५ को दाङ, अर्घाखाँची र गुल्मीमा अत्यधिक क्षति पुगेको हो । पाल्पा, कपिलस्तु, रोल्पा, रुकुममा समेत बाली नोक्सान गरेको कृषि ज्ञान केन्द्रले जानकारी दिएका छन्।

सलहले दाङमा ५ सय ९० हेक्टर क्षेत्रमा लगाएको अन्नबालीमा क्षति पुर्‍याएको छ। जिल्लाका सबै पालिकामा पुगेको सलहले असार १६ र १७ गते दुई दिनमा ५ सय ९० हेक्टरमा लगाएको मकै बाली, तरकारी र धानमा क्षति पुर्‍याएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ।

दाङका अन्नबालीलाई क्षति पुर्‍याएको सहल पुनः फर्कन सक्ने अनुमान गरिएको छ। दाङमा झुण्डमा आएको सलहले सबै पालिकामा धेरथोर क्षति पुर्‍याएको कृषि ज्ञान केन्द्रका प्रमुख सन्देश धितालले जानकारी दिए। ‘१६ र १७ गतेको सलह झुण्ड फेरि पनि फर्कन सक्छ’, कृषि ज्ञान केन्द्र दाङका प्रमुख धितालले भने, सबै किसान सजक भएर बस्नु जरुरी छ।’

घोराही, तुलसीपुर, लमही, राजपुर, गढवालगायत क्षेत्रमा उड्ने क्रममा क्षति गरेको छ। प्रमुख धितालका अनुसार सलह किराले पाँच सय ९० हेक्टर जमिनमा लगाएको मकै, तरकारी र धानमा क्षति पुर्‍याएको छ। क्षतिको पूर्णविवरण आइसकेको छैन।

उत्पादनमा खासै समस्या नपर्ने उनले बताएका छन्। पात खाएको यसले पछि ‘रिकभर’ हुन्छ। तर फेरि आयो भने पूर्णरुपमा समस्या ल्याउँछ। ज्ञान केन्द्र प्रमुख धितालले जिल्लाका १० वटै स्थानीय तहका प्रायः क्षेत्रको मकै, धान र तकारी बालीमा सलहले क्षति गरेको बताए।

घोराही उपमहानगरपालिकाका वडा २, १०, ११, १८, तुलसीपुर उपमहानगरपालिका वडा १३, १४, १६, १७, १२, १९ मा सलह किराले बढी क्षति पु‍र्‍याएको छ। शान्तिनगर गाउँपालिका वडा १, २ र ३, बंगलाचुली गाउँपालिका वडा २, ४ र ५, लमही नगरपालिकाको ६ र ८ नम्बर वडामा क्षति गरेको छ। यसैगरी राप्ती गाउँपालिका वडा १, २, ५, ४, ९ वडामा लगाएको मकै, तरकारीमा असर गरेको छ। गढवा गाउँपालिका वडा ७, राजपुर गाउँपालिकाको २ र ७ नम्बर वडामा सलह किराले मकै बालीमा क्षति गरेको छ।

पहिलोपटक सलह किराले किसानले लगाएको मकै, तरकारी र धानमा क्षति गरेपछि किरा धपाउन किसानलाई सचेत गर्दै सामूहिक अभियान थालिनुपर्ने अवस्था आएको हो । दिनमा एउटा किराले आफ्नो औसत शरीरको तौल बराबरको करिब २ ग्राम खान्छ। औसतमा एउटा सानो सलहको झुण्डले ९एकटन बराबरको० एक दिनमा बढीमा १० हात्ती वा २ हजार पाँच सय मानिसले खाने आहारा बराबरको वनस्पति नष्ट गर्ने अध्ययनबाट पत्ता लागेको छ। दाङमा सलह किरा दशकौं वर्षपछि आएको बुढापाखाले बताएका छन्।

अर्घाखाँचीमा पाँच सय हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाएको मकै बाली सलह किराले नष्ट गरेको छ। ६ दिनदेखि सलहले खेतबारी नछाडेपछि स्थानीय हैरान भएका छन्।

शितगंगा नगरपालिका ७ को जलुके, जुवाकोटलगायत क्षेत्रमा ९ हजारभन्दा बढी बढी क्षेत्रमा लगाएको मकै पूर्ण रुपमा नष्ट गरेको वडा अध्यक्ष मोहन पन्थीले जानकारी दिए। सलहले खेती खाएपछि वडाबासी अत्यन्तै चिन्तित भएको उनले जानकारी दिए। शितगंगा १० सिद्धाराको दुम्सीलगायत क्षेत्रमा पनि सलहले मकैबाली पूर्ण रुपमा नष्ट गरेको वडा अध्यक्ष हिम्मत पोख्रेलले बताए।

एक रोपनी क्षेत्रफलमा सामान्य पनि २ क्विन्टल मकै उत्पादन हुन्छ। जिल्लाका सबै क्षेत्रमा गरी १० हजार रोपनीभन्दा बढी क्षेत्रफलमा लगाएको मकै पूर्ण रुपमा र केही भागमा क्षति पुगेको छ।

सन्धिखर्क नगरपालिका, शितगंगा नगरपालिका, भूमिकास्थान नगरपालिका, छत्रदेव गाउँपालिका, मालारानी गाउँपालिका र पाणिनी गाउँपालिका सबैतिर सलह देखिएको कृषि ज्ञान केन्द्र अर्घाखाँचीका कृषि प्राविधिक निमबहादुर आचार्यले जानकारी दिए। क्षतिको र तथ्यांक संकलन गर्ने कार्य भइरहेको जानकारी उनले दिए।

रोल्पा र पूर्वी रुकुम पनि प्रभावित

रोल्पा र पूर्वीरुकुम जिल्लामा पनि सहलको प्रभाव देखिएको छ। रोल्पामा मकैखेती हुने १४ हजार हेक्टर जमिन मध्य १५ प्रतिशत सलहले क्षति पुर्‍याएको कृषि ज्ञान केन्द्र रोल्पाका प्रमुख नरेश धितालले बताए। उनले सहल बसेको स्थानको बालीमा क्षति पुगेको जानकारी दिए। रोल्पामा एक पटक गइसकेको सलह किरा शनिबार फेरि फर्किएको छ। रोल्पाको खुग्रीमा शनिबार सलहको झुण्ड देखिएको प्रमुख धितालले बताए।

पूर्वी रुकुमका तीनवटै स्थानीय तहमा सलहको प्रभाव देखिएको छ। कृषि ज्ञान केन्द्र रोल्पाका अनुसार यहाँ मकै बालीमा बढी क्षति पुर्‍याएको छ।

प्यूठानको आकाश सलहले ढाकेको छ। जिल्लाका प्राय ः सबैजसो क्षेत्रमा सलहले मकैबाली नष्ट गरेको छ। मंगलबार बिहानदेखि फैलिएको सलह अझै छ। स्रोत ः अन्नपूर्ण पोष्ट

VIEWS: 1011