लकडाउन अवधिको २ हजार कृषकको व्याज प्रदेश सरकारले तिरिदियो

Wednesday, July 22nd, 2020 |

 

सिराहा ७ साउन

सिरहाका २ हजार ५९ कृषकले विभिन्न बैंक तथा वित्तिय क्षेत्रवाट लिएको ऋणको चैत्र देखि असार मसान्त सम्मको व्याज प्रदेश सरकारले तिरिदिएको छ ।
कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेपछि मारमा परेका किसानलाई राहतस्वरूप प्रदेश सरकारले चार महिनाको ब्याज तिरिदिएको हो । सिरहा सदरमुकाम स्थित रहेको सिरहा नगरपालिकाको सभा हलमा भएको एक कार्यक्रमवीच प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्र प्रसाद साहले ब्याज रकम ३ करोड १ लाख ६६ हजार ७७ रुपैयाँको चेक विभिन्न वित्तिय संस्थालाई हस्तान्तरण गरेका छन् ।
ब्याज तिरिदिन भेटिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिरहामा १५ हजार ५ जनाले आवेदन दर्ता गराएका थिए । २४ वटा बैंक र २५ वटा सहकारीवाट सिरहाका कृषकले लिएको ऋणको ब्याज अहिले प्रदेश सरकारले तिरिदिएको कृषिमन्त्री साहले बताए । प्रदेश सरकारको अह्वानमा ८ वटै जिल्लामा ८० हजारले कृषि ब्याज तिरिदिन आवेदन दिएका छ । त्यसमध्ये पहिलो चरणमा ६० हजारको कृषि ऋणको चार महिनाको ब्याज प्रदेश सरकारले तिरिदिएको मन्त्री साहले बताए । लकडाउनका कारण तरकारी र फलफूलबालीमा क्षति भएका कृषकहरुलाई प्रतिकठ्ठा ७ सय ५० रुपैयाँ र कुखुरा फर्महरुलाई क्षति भएको कुखुराको हकमा १ हजारसम्म कुखुराको प्रतिगोटा १ सय तथा १ हजार भन्दा माथिको कुखुराको हकमा प्रतिगोटा ५० रुपैयाँका दरले अनुदान दिदै आएको उनले बताए ।
उक्त कार्यक्रम जिल्ला समन्वय समिति सिरहाका सभापति रामचन्द्र ठाकुरको अध्यक्षता प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवको प्रमुख आतिथ्य तथा विशिष्ठ अतिथीहरु भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह, प्रदेश सांसद प्रमोद कुमार यादव, सुनिता देवी मोची, जिल्ला समन्वय समिति सिरहाका उपसभापति सरोज कुमार यादव, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य अशेश्वर यादव, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक कुमार यादव, तथा अतिथीहरु पशुपंक्षी तथा मतस्य विकास निर्देशनालयका निर्देशक जागेश्वर यादव, जिल्ला सहकारी संघ सिरहाका रुणा कुमारी यादव, कृषि विकास बैंक सिरहा शाखाका शाखा प्रबन्धक अर्जुन प्रसाद ढुङ्गाना लगायत कृषक, उद्दमी, सहकारी, बैंक तथा बित्तीय संस्थाहरुका पदाधिकारीहरु, राजनैतिक दलका प्रतिनिधीहरु, स्थानीय जनप्रतिनिधीहरु, कर्मचारी, संचारकर्मीहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । स्रोत ः अप्पन दैनिक

VIEWS: 730