सलहले ३ विगाहको तरकारी नष्ट ग¥यो, कसरी भगाउने किसान अन्योलमा

Wednesday, July 1st, 2020 |

 

 

दाङ १७ असार
लमहिको नारायणपुरमा रहेको नमुना आधुनिक कृषि फार्ममा सलहको बधानले धेरै क्षति पु¥याएको छ ।
नारायणपुरमा रहेको सो फार्मको डेढ विगाहमा लगाएको बोडि र डेढ विगाहमा नै लगाएको खुर्सानीमा क्षति पु¥याएको फार्मका प्रबन्धक महेन्द्र बिष्टले जानकारी दिए ।
उनका अनुसार भर्खर टिप्ने समय भएको बोडि र राम्रो सँग फल्दै गरेको खुर्सानीमा सलहको बधान आइ बसेर १० लाख बराबरको उत्पादनमा क्षति पु¥याएको छ । धेरै कोशिस गर्दा एक पटक उडेर गएपनि फेरि आइ बसेकाले समस्या भएको विष्टको भनाइ छ ।
ठुलो ठुलो आवाजमा मेशिनहरु चलाएर थाल ठटाएर केहि मात्रामा सलहको बथान भगाउन सफल भएपनि फेरी आइ बस्नथालेकाले समस्या भएको बिष्टको भनाइ छ ।
शनिवार भारतिय सिमा क्षेत्रबाट नेपाल प्रवेश गरेको सलहको बधान देशका विभिन्न जिल्लाहरुमा छरिएर लाखौको झुण्डमा उड्दै विभिन्न कृषि उपजहरुमा बस्दै नष्ट गर्न थालेपनि यसको नियन्त्रणको लागि ठोस काम सरकारी निकायहरुबाट हुन सकेको छैन ।

VIEWS: 1083