मन्त्रालय भन्छ सलहको बथान सानो छ आत्तिनु पर्दैन

Sunday, June 28th, 2020 |

 

काठमाडौँ १४ असार

विश्व मै सबैभन्दा धेरै विनाशकारी कीरा शनिबार देखी सर्लाही, बारा रुपन्देही लगायतका भारतिय सिमावर्ती जिल्लाहरुबाट नेपाल प्रेवश गरेपनि कृषि मन्त्रालयले भने किसानहरुलाई नआत्तिन आग्रह गरेको छ । नेपालमा देखिएको सलह किराको बथान सानो रहेको र यसले धेरै क्षति नपुर्याएको भन्दै कृषि मन्त्रालयले किसानहरुलाई नआत्तिन भनेको हो ।
नेपाल प्रवेश गरेका सलह, सलह पुगेको जिल्ला, त्यसले पुर्याएको क्षति, ती सलहको सम्भावित यात्रालगायतका विषयमा विस्तृत विवरण मन्त्रालयले आइतबारै पत्रकार सम्मेलन गरेर जानकारी दिने मन्त्री भुसालले बताए ।

VIEWS: 693