चितवनको केराबालीमा चैत यता हावाहुरी र असिनाले डेढ करोडको क्षति

Sunday, June 28th, 2020 |
चितवन २२ जेठ कोरोना भाइरसको संक्रमणको कारण देश बन्दाबन्दीमा रहेको अवस्था कै बीच चैत देखी यता मात्रै हावाहुरी र असिनाले चितवनमा लगाइएको १० करोड बराबरको केरा खेती नष्ट भएको छ । बन्दाबन्दीका कारण बजारको सहज पहुँच को समस्या थपिएको बेला प्राकृतिक विपत्ति हावाहुरी र असिनाले मात्रै १० करोडको केरा खेती नष्ट भएको किसान बताउँछन् । व्यावसायिक केरा उत्पादक किसान तथा केरा व्यावसायिक संघ चितवनका अध्यक्ष बिष्णुहरि पन्तका अनुसार चैत महिना देखी यता हावाहुरी र असिना पानीले केरा खेतीमा ठूलो क्षति पुगेको छ । शिखर इन्स्योरेन्स प्रालि नारायणगढ शाखाका प्रमुख चन्द्रमणि शर्मा का अनुसार चैतदेखि अहिलेसम्म हावाहुरी र असिना पानीले केरामा १० करोड रुपियाँभन्दा बढीको क्षति भएको भन्दै दाबी परेको छ । शर्मा भन्छन्,झन्डै पाँच सय किसानले अहिले १० करोड रुपियाँभन्दा बढी मूल्य बराबरको केरा नोक्सान भयो भनेर दाबी गर्नुभएको छ,” । किसान तहमा सय कोसा भएको एक घरी केराको औसत पाँच सय रुपियाँ मूल्य पर्छ । यसलाई आधार बनाउने हो भने बीमामा दाबी भएको १० करोड रुपियाँ बराबरको केरा भनेको दुई हजार घरी अर्थात् दुई हजार बोट हो । स्रात ः गोर्खापत्र दैनिक
VIEWS: 491