नेपाली तरकारी खाल्डोमा एउटै नाकाबाट डेढ अर्बको भारतिय तरकारी आयात

Sunday, June 28th, 2020 |
काठमाडौँै २३ जेठ बन्दाबन्दीको समयमा भैरहवा भन्सार कार्यालयबाट मात्रै हरियो तरकारी र फलफूल डेढ अर्बको आयात भएको छ । आर्थिक वर्ष २०७६÷७७ को चैत ११ देखि जेठ २० गते सम्मको अवधिमा एक अर्ब २८ करोड ६८ लाख ९५ हजारको तरकारी तथा फलफूल बेलहिया नाकाबाट आयात भएको भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । यो आयातदर गत आर्थिक बर्षको सोहि अवधिको भन्दा ७ करोड बढी भएको बेलहिया नाकाका भन्सार अधिकृत कमल कुमार भट्टराईको भनाइ छ । तर यता प्रदेश ५ अन्तर्गतका रुपन्देही, कपिलवस्तु, पाल्पा, दाङ लगायतका जिल्लामा किसान आफ्नो बारीमा उत्पादन गरेको तरकारी बजारसम्म पु¥याउन नसकेर नष्ट गर्न बाध्य भएका समाचार दैनिक आइरहेका छन्   । मादक पदार्थ निर्वाद हुँदा तरकारी खाल्डोमा पुर्दै प्रशासन यता स्थानीय तरकारी तथा फलफूलको बजारीकरणमा सरकारी असहयोगका कारण प्रशासनको नै सक्रियतामा जेठ १५ गते चितवन जिल्लामा किसानले उत्पादन गरेको तरकारी कास्की लैजादै गर्दा ६ ट्रक तरकारी खाल्डो खनि गाडिएको छ । यसैगरी अर्घखाँचीमा त झन प्रमुख जिल्ला अधिकारीको नै सक्रियतामा अन्य जिल्लाबाट आएको २ ट्रक तरकारी नष्ट गरियो । जेठ २१ गते चितवनबाटै जादै गरेको तरकारी तनहुँको शुक्लागण्डकी गाउँपालीकामा वडा अध्यक्ष कै सक्रियतामा २ ट्रक तरकारी खाल्डो खनि गाडियो । यि र यस्ता नेपाली किसानको मुटुमा प्रहार गर्ने घटनाले हाम्रो समाज ,प्रशासन सबै कति कम्जोर मानसिकताबाट बाँचिरहेका छन् प्रष्ट हुन्छ । आज सम्म तरकारीबाट कोरोना संक्रमण फैलिएको कुनै बैज्ञानिक तथ्य बाहिर आएको छैन । सरुवा रोग बिज्ञ डा.रविन्द्र पाण्डे पनि तरकारीबाट कोरोना सक्रमण नफैलिने प्रष्ट पार्नुहुन्छ । यसविचत अहिलेको माहामारी र संक्रमणमा मादक पदार्थ ओसार पसारमा भने कुनै प्रकारको अवरोध आएको छैन । जुन दिन चितवन बाट कास्की गएको तरकारी खाल्डो खनि गाडियो सहि दिन चितवन जिल्ला प्रशासनले मादक पदार्थ ओसार पसारको लागि १३ वटा कम्पनिलाई अनुमति दिएको समाचर सेतोपाटि अनलाइनले छापेको छ । आन्तरिक राजश्व कार्यालयको समन्वयमा चितवन जिल्ला प्रशासनले मदिरालाई निर्वाद ओसार पसार गर्न अनुमति दिएको चितवन जिल्ला प्रशासनले नै जनाएको छ । अहिलेको संघियताले बनाएको गाउँ गाउँको सरकारले किसानको उत्पादनलाई रद्धि र मादक पदार्थलाई मुल्यबान बनाएको छ । के मादक पदार्थ त्यति महत्वपूर्ण चिज हो, जसको बोतलबाट कोरोना संक्रमण हुदैन भन्ने प्रमाण कहि पाइएको छ ? यहि मादक पदार्थ निर्बाद ओसारपसार हुन्छ भने तरकारीलाई ठाउँ ठाउँमा अवरोध किन ? तरकारी भन्दा मादक पदार्थ अत्यावश्यक कहिलेबाट भयो ? गृह प्रशासन भन्छ तरकारी ढुवानीमा अवरोध गरे कारिबाहि गछौँ बन्दाबन्दीको अवस्थामा अत्यावश्यक चिज वस्तुको ढुवानीमा अवरोध गर्नेलाई सरकारले कडा कारवाही गर्ने भनि गृह मन्त्रालयले सूचना जारी गरेको छ । तर के यो सूचना अनुसासरको कार्यन्वयन होला ? यसमा नै प्रश्न चिन्ह रहेको छ । मापदण्डअनुसार सागसब्जी तथा खाद्य वस्तुको बिक्री वितरण तथा ढुवानीमा सहज वातावरण सिर्जना गर्ने सरकारले निर्णय गरिसकेको अवस्थामा त्यसलाई अवरोध गर्नेलाई कारवाहीको दायरामा ल्याउने गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी तरकारी, फलफूललगायत कुनै पनि आवश्यक वस्तुको उत्पादन, सङ्कलन, ढुवानी र बिक्री वितरण गर्ने कार्यमा स्थानीय प्रशासनबाट कुनै पनि प्रकारको अवरोध नभएको प्रस्टयाउदै अवरोध गर्नेलाई कारवाही गर्न मातहतका निकायलाई निर्देशन दिएको छ। मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गरी नेपाल सरकारबाट स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी गराइ तरकारी, फलफूललगायत वस्तु उत्पादन, सङ्कलन, ढुवानी र बिक्री वितरण सहजीकरण भइरहेको हुँदा यस कार्यमा अवरोध सिर्जना गर्नु कानूनविपरीतको कार्य हुने र यस प्रकारका कार्य गर्ने जो–कोही पनि दण्ड सजायको भागीदार हुनुपर्ने चेतावनी दिएको छ। मन्त्रालयले यस्ता प्रकारको कुनै पनि गतिविधिमा कुनै व्यक्ति र निकाय तथा सङ्घसंस्था सहभागी नहुनसमेत अनुरोध गरेको छ। गृहले कसैले यसको बर्खिलाप गरेमा प्रचलित कानूनबमोजिम कडा कारवाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ
VIEWS: 479