लकडाउनका कारण माहुरी चरनमा समस्या हुदा ७० प्रतिशत मह उत्पादन घट्यो

Thursday, June 25th, 2020 |
दाङ २४ जेठ कोरोना संक्रमणको माहामारीको कारण देशमा भएको बन्दाबन्दीले जिल्ला बाहिर चरनमा लगिएको महुरी गोलाको हेरचाह गर्न नपाउँदा यसवर्ष जिल्लामा ७० प्रतिशतले मह उत्पादन घट्ने भएको छ । जिल्लामा अहिले करिव ७० प्रतिशत मह उत्पादनमा कमी भएको माहुरी पालन महासंघ दाङका अध्यक्ष विष्णु श्रेष्ठले बताए । घोराहीका माहुरी पालक कृषक दिनेश वलीले यो सिजनमा एक पटक पनि मह काड्न पाएनन् । अघिल्लो वर्षमा यो सिजनमा २ पटकसम्म मह संकलन गरेपनि यस सिजनमा एक पटक पनि मह काड्न नपाएको उनि बताउँछन् । । वली भन्छन् “अघिल्लो वर्ष फागुनदेखि वैशाखसम्ममा २ पटक मह काडेको थिएँ ।” लकडाउनको कारण माहुरी राखेको स्थानसम्म जान नपाएकाले यस वर्ष मह उत्पादन घटेको उनको भनाइ छ । समयमा निरीक्षण गर्ने नपाउँदा माहुरीले जम्मा गरेको मह समेत खाइसक्ने गरेको वली बताउँछन् । फागुनदेखि वैशाखसम्ममा करिव ३ सय टन मह उत्पादन हुने गरेको महासंघ अध्यक्ष श्रेष्ठको भनाइ छ । तर यस वर्ष १ सय टन पनि मह उत्पादन हुन नसकेको उनी बताउँछन् । यसको कारण कृषकहरु समयमा माहुरीको निरीक्षण गर्ने जान नपाउनु समयमा मह काडन जान नपाउनु नै भएको उनि बताउँछन् । “यस समयमा माहुरी वृद्धि ५० प्रतिशतले घटेको पनि उनले जानकारी दिए । यो समय माहुरीको गोलाको वृद्धि हुने समय भएकाले विशेष हेरचाह गर्नु पर्ने भए पनि हेरचाह समेत गर्ने नपाएको उनी बताउँछन् । अर्का माहुरी पालक कृषक रामहरि शर्माले लकडाउनले माहुरी पालक कृषकहरुलाई धेरै क्षत्ति पु¥याएको बताए । लकडाउनले कृषकले माहुरीको हेरचाह गर्ने, मह काड्न नपाएको उनको भनाइ छ । राम्ररी हेरचाह नहुँदा माहुरीले जम्मा गरेको मह समेत खाइ सकेको उनले बताए । माहुरीको गोला वृद्धिका लागि रानी उत्पादन गर्न समेत समस्या भएको उनको भनाइ छ । रानी उत्पादन गर्न नसक्दा गोला पनि वृद्धि गर्ने नसकिएको कृषकहरुको गुनासो छ । जिल्लाभित्र भन्दा पनि जिल्ला बाहिर माहुरी चरणमा लगेकाहरुको यस प्रकारको समस्या बढी रहेको उनीहरुको भनाइ छ । लकडाउनका लागि बाहिरी जिल्लामा जानका लागि पास समेत नपाउँदा जान नसकेको उनीहरु बताउँछन् । जिल्लामा अहिले १५ हजार माहुरीको गोला रहेको माहुरी पालन महासंघ दाङले जनाएको छ । जिल्लामा वार्षिक ६ सय टन भन्दा बढी मह उत्पादन हुने गरेको उनको भनाइ छ । जिल्लाका करिव १ हजार माहुरी पालन कृषकहरु रहेको बताइएको छ । स्रात ः कारोबार दैनिक
VIEWS: 427