कृषि क्रान्तिका गफ १५ केजी मलका लागि १० घण्टा लाइन

Tuesday, June 23rd, 2020 |
मकवानपूर २८ जेठ कोरोनाले देशको अर्थतन्त्र कम्जोर छ अब कृषि बाहेक अरु बिकल्प छैन भन्ने गफ सबैतिर फैलिरहदा बागमती प्रदेशको राजधानि हेटौडा भने १५ केजी मल लिनका लागि किसान १० घण्टा लाइन बस्न बाध्य भएका छन् । बर्षभरि खाने अन्न (धान) लगाउने समय मुखैमा आइसक्दा पनि रासायनिक मलको उचित व्यवस्थापन हुन नसक्दा १५ केजी मल लिनका लागि पनि पुरा दिनभर लाइन बस्न बाध्य भएका किसानलाई कृषि क्रान्तिका कुरा बकम्फुसे गफ भन्दा अरु केहि हुदैन । मंगलबार बिहान ४ बजेदिख मलका लागि लाइनमा बसेका हेटौंडा १७ का झम्कबहादुर कालिराजले दिउँसो २ बजे मात्र बल्ल मल किन्न पाए। त्यो पनि जम्मा १५ केजी मात्र। राज्यले कृषि र किसानलाई पहिलो प्राथमिकता राखेको छ भन्ने सुनिन्छ, तर खेती गर्ने मुख्य समयमा मलसमेत नपाउँदा त्यो कस्तो प्राथमिकता रहेछ, भनेर कालिराज प्रश्न गर्छन्, खेती लगाउँदा चाहिने मलको समेत व्यवस्था गर्न नसक्ने सरकारले के को कृषिलाई प्राथमिकताा राखेको गफ गर्नु, उनि भन्छन् । कोरोनाको डरलाई पनि वेवास्था गरेर घण्टौँ लाइनमा बसेका किसानलाई आवश्यक मल समेत उपलब्ध नहुँदा यो वर्षको धानखेती कसरी गर्ने हो ? किसानलाई यो समस्याले सताउन थालेको छ । खेतीपाती लगाउने मुख्य समयमा मल उपलब्ध नगराउँदा मकवानपुरसहित वागमती प्रदेशका अधिकांश जिल्लाका किसान सास्ती बेहोर्न बाध्य छन्। एक महिनादेखि मलको खोजीमा भौंतारिइरहेका हेटौंडा(९ का ज्ञानेन्द्र लामिछानेले हेटौंडामा मलको कृत्रिम अभाव देखाएर व्यापारीले किसानलाई दुःख दिएको गुनासो गरे। ‘प्रत्येक कृषि सहकारीका अध्यक्ष मल व्यापारी छन्। उनीहरुले लगेको मल कुन किसानले पाए, त्यसको कुनै छानविन छैन । उनले तर सरकार भने मूकदर्शक बनेर किसानलाई दुःख दिएको लामिछानेको आरोप छ । दिनभरि चर्को घाममा करिब एक किलोमिटर लामो लाइनमा बसेर पनि मल नपाउँदा कतिपय किसान निरास भएर घर फर्किए। स्थानीय सहकारीमार्फत मल बाँडिने थाहा पाएपछि मंगलबार बिहानै देखि किसान लाइनमा बसेका थिए । साल्ट ट्रेडिङ कर्पोेरेसनले हेटौंडा(४, पारिजातपथस्थित किसान कृषि सहकारी संस्था लिमिटेडमार्फत ४ सय २० बोरा मल वितरण गरेको जनाएको छ। कृषि सामग्री कम्पनिको हेटौडा शाखाले मात्र हेटौंडामा चालू आर्थिक वर्षको हालसम्म एक हजार मेट्रिक टन रासायनिक मल वितरण गरेको जनाएको छ। साल्ट ट्रेडिङ कर्पोरेसन हेटौंडाका प्रमुख सैलेश पाण्डेले गत वर्षभन्दा बढी मल वितरण गरेको दाबी गर्छन् । ‘यो वर्ष मलको माग पनि बढी भयो र आउन केही ढिलाइ भएकाले समस्या भएको उनको भनाइ छ । ,स्थानीय कृषकले मल नपाएपछि हेटौंडामा र्‍यालीसहित सरकारविरुद्ध प्रदर्शनसमेत गरेका थिए। स्रोत ः अन्नपूर्ण पोष्ट
VIEWS: 276