फौजी किराले सताएको बेला खेतबारी मै प्राविधिक पुग्दा किसाना खुुसी

Tuesday, June 23rd, 2020 |
जजरकोट ३० जेठ जजरकोटको शिवालय गाउँपालिकाले फौजी कीराले मकैबालीमा समस्या बढाएपछि कृषकलाई खेतबारीमै औषधिसहितको कृषि प्राविधिक टोलि खटाइको छ । जिल्लाको शिवालय गाउँपालिकाले औषधिसहितको प्राविधिक टोली कृषकको खेतबारीमा खटाएर औषधि गर्न थालेपछि कृषक खुशी भएका छन् । कोरोना भाइरसका कारण समस्यामा परेका बेला खेतबारीमै प्राविधिक पठाएर रोगको निदान गरेपछि आफूहरुलाई खुशी लागेको शिवालय गाउँपालिका–३ का कृषक लालबहादुर थापाले बताए । गाउँपालिकाभरि फौजी कीराले मकै सखाप पार्न थालेपछि कृषक हैरान भएका थयौ थापले भने , । अहिले प्राविधिक गाउँ गाउँमा गएर उपचार गर्दा केही सहज भएको अर्का कृषक उद्धप शाहीले बताए । गाउँपालिकाभित्र रोपिएका मकैमा कहाँ कहाँ फौजी कीराले मकैको बोट काटेको छ त्यहाँबाट सिधा गाउँपालिकामा सम्पर्क गर्नसमेत आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष नरेन्द्र शाहीले जानकारी दिए । फौजीकीरा नियन्त्रण गरी कृषिजन्य वस्तु उत्पादनका लागि वातावरण तयार गर्न गाउँपालिकाले फौजीकीरा नियन्त्रण तथा व्यवस्थापन कोष स्थापना गरेको हो । सोही कोषमार्फत कृषकलाई परेको समस्या समाधान गर्न लागिएको अध्यक्ष शाहीले बताए । प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माका अनुसार अध्यक्षलगायत अन्य जनप्रतिनिधि र स्थानीयवासीले दिएको सूचनाका आधारमा विषादी र स्प्रे ट्याङ्की बोकेर गाउँ गाउँका खेतबारीमा प्राविधिक खटाइएको छ । गाउँपालिकाभित्र रहेका कृषि जेटिए पढेर बस्नुभएका आन्तरिक जनशक्तिलाई दैनिक रु ५०० भत्ता दिएर फौजीकीरा नियन्त्रणका लागि खटाउने काम भएको छ, अधिकृत शर्माको भनाइ छ । पहिलो चरणमा रु दुई लाख ५० हजार को कोष स्थापना गरेर फौजीकीरा नियन्त्रणको काम भएको समेत उनले जानकारी दिए । शिवालय गाउँपालिकामा मकै सबैभन्दा बढी उत्पादन हुने अन्नमध्येमा पर्छ । करिब १८ हजार जनसङ्ख्या भएको सो गाउँपालिकामा दुई हजार ४९२ घरधुरी रहेको छ । सिँचाइ क्षेत्र कम भएको यहाँ आकाशे पानीको भरमा वर्षेनी खेती हुँदै आएको छ । शिवालय गाउँपालिका जिल्लाको पश्चिम भागमा रहेको छ । साविकका तीनवटा गाविस सीमा, थालारैकर र जुंगाथापाचौर मिलेर शिवालय गाउँपालिका बनाएको हो । स्थानीय जीवनशैली, परम्परागत संस्कृति, प्राकृतिक स्रोत, साधन, पर्यटनको प्रचुर सम्भावना, जल तथा काठजन्य वन क्षेत्रको पर्याप्तता शिवालय गाउँपालिकाको प्रमुख विशेषता हो । जिल्लाको कूल क्षेत्रफल २२२३।३५ वर्ग किलोमिटरमध्ये १३४।२६ अर्थात् १२५ भूभाग शिवालय गाउँपालिकाले ओगटेको छ ।
VIEWS: 595