प्रधानमन्त्री देउवाले अमेरिका पुगेर भने ः मन्त्रीको संख्या अझै थप्न मिल्छ,

Friday, September 22nd, 2017 |

६ असोज । काठमाण्डौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री परिषदको संख्या अझै बढाउन मिल्ने जिकिर गरेका छन् । संयुक्त राष्ट्रसंघको ७२ औ महासभामा भाग लिन न्युयोर्कमा रहेका प्रधानमन्त्री देउवले कोलम्बिया विश्वविद्यालयमा आयोजित एक कार्यक्रममा राखिएको जिज्ञासामा यस्तो धारणा राखेका हुन् ।

मन्त्रिपरिषद् ठूलो बनाएको भन्ने जिज्ञासामा प्रधानमन्त्री देउवाले भने, कानुनतः ६० जनासम्म मन्त्री बनाउन सकिन्छ । अहिले त्यसको नजिक मात्रै पुगेको बताउँदै उनले संख्यालाई होइन कामलाई हेर्न आवश्यक रहेको तर्क गरे । मन्त्रिपरिषद् जम्बो बनाएको भन्दै आलोचना खेपिरहेका देउवाले त्यसलाई कानुनमा जोडर घटाउने भन्दा अझ थप्न मिल्ने बताउँदै आफ्नो बचाउ गरे । आफूले कानुन भन्दा गएर निर्णय नगरेको उनको दावी छ ।

अर्को एक प्रसंगमा उनले उदाउँदो दुई छिमेक चीन र भारतबाट फाइदा लिने र विकास प्रक्रियामा अघि बढ्ने नीति सरकारको रहेको स्पष्ट पारे । उनीहरुको चासोलाई ध्यानमा दिएर साझा धारणा विकास गरेर अघि बढ्न पर्ने उनको भनाई छ ।

VIEWS: 124

ताजा खबर