रेडियो शैलुङ्गले मनायो दशौँ बार्षिक उत्सब

Saturday, September 16th, 2017 |

३१ भाद्र । दोलखा । दोलखा सदरमुकाम चरिकोटबाट संचालन हुँदै आएको रेडियो शैलुङ्गले शनिबार आफ्नो दशौँ बार्षिक उत्सब मनाएको छ । नवौँ वर्ष पुरा गरी दशौँ बर्षमा प्रवेश गरेको अवसरमा रेडियो शैलुङ्गले शनिबार चरिकोट स्थित मनमोहन स्मृति प्रतिष्ठानको हलमा एक कार्यक्रमको आयोजना ग¥यो ।

बार्षिक उत्सब समारोहको पुर्बमन्त्री तथा दोलखा २ नम्बर क्षेत्रका सांसद आनन्द प्रसाद पोखरेलले उद्घाटन गरे । कार्यक्रममा आफ्नो धारणा राख्दै सांसद पोखरेलले दोलखाका चारवटा सामुदायिक रेडियोहरुलाई सांसद विकास कोषमार्फत आर्थिक अनुदान सहयोग गर्ने घोषणा गरेका छन् । कार्यक्रमलाई सम्वोधन गर्दै सामुदायिक रेडियो प्रसारक संघ नेपालका केन्द्रिय कोषाध्यक्ष लक्ष्मण खड्काले जनतालाई सुसूचित गर्ने एकमात्र शसक्त माध्यम सामुदायिक रेडियो भएको भन्दै खुलेर सहयोग गर्न आग्रह गरे ।

रेडियो संचालक समितिका अध्यक्ष शिव प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा भिमेश्वर नगरपालिकाका मेयर भरत केसि, जिरी नगरपालिकाका मेयर टंक जिरेल, जिसस दोलखाका प्रमुख डबल पाण्डे, तामाकोसि गाउँपालिकाका प्रमुख ईश्वरचन्द्र पोखरेल लगाएतका जनप्रतिनिधीहरु, दोलखाका प्रमुख कोष नियन्त्रक रमेश शिवाकोटी, पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामा लगाएतले सामुदायिक रेडियोले पु¥याएको योगदानबारे चर्चा गरे ।

सो अबसरमा रेडियोकी समाचार वाचिका लाक्पा शेर्पा, प्राविधिक शंकर तामाङ तथा पुर्ब रेडियोकर्मीहरुलाई सम्मान गरियो भने जेष्ठ नागरिकहरुलाई रेडियो वितरण गरिएको थियो । रेडियो शैलुङ्ग, शैलुङ्ग संचार सहकारी संस्थाले संचालन गर्दै आएको छ ।

VIEWS: 192