भुकम्प पिडितको पुन: सर्वेक्षण गर्दै प्राधिकरण

Sunday, August 6th, 2017 |

२२ साउन – भुकम्पवाट अतिप्रभावित ८ जिल्लामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनः सर्वेक्षणको काम सुरु गर्ने तयारी गरेको छ । प्राधिकरणका अनुसार यहि साउन २६ गतेदेखि सर्वेक्षण सुरु गर्ने र आगामी भदौभित्र काम सक्ने लक्ष्य छ ।

प्राधिकरणका सदस्यसचिव सर्वजित प्रसाद महतोले पहिलो चरणमा अति प्रभावित ओलखढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे पलाञ्चोक, नुवाकोट, रसुवा र गोरखामा छुट सर्वेक्षण तथा पुनः जाँचको काम सुरु गर्ने जानकारी दिए । उनका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुली, मकवानपुर र धादिङमा दास्रो चरणमा छुट सर्वेक्षण तथा पुनः जाँच सर्वेक्षणको काम सुरु हुने कार्ययोजना बनाइएको छ ।

भूकम्प अति प्रभावित १४ जिल्लामा ८१ हजार ८२ परिवारको पुनः जाँच र ५२ हजार २ सय ८७ जना परिवारको छुट सर्वेक्षण गर्नुपर्ने प्राधिकरणको लक्ष्य छ । दोस्रो चरणमा १ सय ६४ जना इन्जिनियरहरु परिचालन हुने र उनीहरुका लागि आगामी साउन २६ गतेबाट तालिम दिइने प्राधिकरण सदस्य सचिव महतोले जानकारी दिए ।

VIEWS: 182