सम्झौता तोड्ने कुलमानको चेनावनीपछि ढल्केबरमा सब स्टेशन निर्माण कार्य सुचारु

Friday, July 28th, 2017 |

१३ साउन, काठमाडौं । केहि दिनदेखि अवरुद्ध धनुषाको ढल्केबरमा २ सय २० केभीको सबस्टेसन निर्माण कार्य पुनः सुचारु भएको छ ।
चिनियाँ कम्पनी सेन्ट्रल चाइना पावर ग्रिड ९सिसिपिजी०ले शुक्रबारदेखि निर्माण कार्य पुनः सुुरु गरेको हो ।

दुई महिनाभित्र निर्माण सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य रहेपनि निर्माण कम्पनीले कुनै कारण नखुलाई काम बन्द गरेको थियो । नेपाल विद्युत प्राधिकरणले निर्माण कार्य सुचारु नगरे ठेक्का तोड्ने चेतावनी दिएपछि कम्पनीले काम सुचारु गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त सव स्टेशनको हालसम्म करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिए । यो सव स्टेशनवाट प्राधिकरणले आगामी सुख्खायाममा भारतबाट २ सय मेगावाटसम्म विजुली आयात गर्ने योजना बनाएको छ ।

प्राधिकरण स्रोतका अनुसार निर्देशक कुलमानले काम सुरु नगरे ठेक्का ताड्ने चेतावनी दिएपछि ठेकेदार कम्पनीले निर्माण कार्य सुरु गरेको हो ।’

VIEWS: 413