कपास उद्योगमा आगलागी हुँदा १२ लाखको क्षति
Wednesday, January 20th, 2021 | krishak khabar
झापा ७ माघ
भद्रपुर–५ झापा चोकस्थित कपास उद्योगमा आगलागी हुँदा १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ। मङ्गलबार बेलुका सोही वडाका रामचन्द्र सहनीले सञ्चालन गरेको कपास उद्योगमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।
उनका अनुसार कपास उद्योगमा कपास पेल्ने क्रममा कपासमा मिसिएर आएको ढुङ्गाका कारण मेसिनमा खराबी आएर अचानक आगलागी भएको हो। आगलागीबाट कपास पेल्ने मेसिन एक थान र ५७ बोरा तयारी कपास पूर्णरूपमा जलेर नष्ट भएको छ। स्थानीयवासी, प्रहरी र भद्रपुर नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको थियो। स्रोत ःरासस
ताजा खबर
रासायनिक मल कारखाना यस्तो बन्दैछ
Friday, April 16th, 2021
नयाँ वर्षबाट किसानका लागि मेरो कित्ता कार्यक्रमको सुरुवात
Thursday, April 15th, 2021
हुम्लाको लागि ७ हजार कुन्टल चामल स्विकृत
Sunday, April 11th, 2021
सञ्चालनमा आयो देशकै ठुलो तरकारी बजार
Thursday, April 8th, 2021
बैशाख १ मा चौरी महोत्सव हुदै
Sunday, April 4th, 2021
५० प्रतिशत अनुदानमा अदुवाको बिउ बितरण
Thursday, April 1st, 2021
बाख्रापालन पकेटक्षेत्र बन्दै बन्दीपुर
Wednesday, March 31st, 2021
गहुँ उत्पादनमा सुन्दरीफाँट अग्रणी
Tuesday, March 30th, 2021
नगरपालिकाको पहलमा बिना धितो किसानलाई कर्जा
Monday, March 29th, 2021
प्रधानमन्त्रीले गरे पशुपन्क्षिजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा
Friday, March 26th, 2021